web analytics

पुनर्वास १० का तुलबहादुर खड्काको पहलमा चार परिवारलाई रकम सहित खाद्यान्न सहयोग

केशव भट्टराई
कञ्चनपुर  /२६ असार
वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबमा रहनु भएका पुनर्वास १० का तुलबहादुर खडकाको पहलमा ४ परिवारलाई सहयोग गरिएको छ।
सहयोग गरीएका परिवार पुनर्वास १० का दुई परिवार र पुनर्वास ११ का दुई परिवार रहेका छ्न । तिनीहरु
ब्लड क्यान्सर पीडित १ जना, एकल महिला २ जना र अति विपन्न परिवार १ जना गरि ४ परिवार भएको र ती परिवारलाई रकम सहित खाद्यान्न सहयोग गरिएको हो । वैदेशिक रोजगारीको सिलसिलामा बाहिर हुदा आफ्नो गाउँठाउमा सानो भएपनी सहयोग गर्न पाउदा आफू निकै खुसी भएको तुल बहादुर खड्काले बताउनुभयो। उहाले आफू संगै काम गर्ने साथीहरु कविन्द्र बिष्ट, गोविन्द भण्डारी र हरि सिह धामी लगायतको सहयोगमा सानो भएपनी पुण्यको काम गरेको बताउनुभयो । ब्लड क्यान्सर पीडित खली खडकालाई नगद १५ हजार र बाकि ३ परिवारमा २५किलो चामल, ५ किलो आलु, २ किलो दाल, २ लिटर खानेतेल, १ किलो नुन संगै १-१ पिस साबुन र कोलगेट बितरण गरिएको स्थानीय उत्तम खडकाले जानकारी दिनुभयो । सहयोग सामग्री ग्रहण गर्दै एकल महिला दिलमाया सिहले सहयोगी मनप्रती धन्यवाद व्यक्त गर्नु भयो। उहाले आफू र दुइटी छोरीमात्रै भएकाले ज्यालादारी गरेर लालनपालन गरिरहेको बताउनुभयो। आखाभरी आँसु पार्दै उहाँले कहिकतैबाट सिपमुलक तालिम आए आफुलाई सहभागी गराईदिन समेत आग्रह गर्नुभयो । यस्तै कविता पार्किले पनि कमाउने उमेरको कोहि नभएको भन्दै आफू र साना छोराछोरीको लालनपालन अर्काको काम गरेर गरिरहेको बताउनुभयो । उहाले कहिकतै रोजगारिको अवसर आए आफुलाई सहभागी गराउन समेत आग्रह गर्नुभयो। यता ब्लड क्यान्सर पीडित खली खड्काले विगत ५ बर्ष देखि आफू बिरामी भएको बताउनुभयो । उहाँले उपचार गराउदा गराउँदै आफुसंग भएको सबै पैसा सकिसकेकोले सहयोगका लागि अपिल समेत गर्नु भएको छ। उहाँले सम्पूर्ण सहयोगी मनलाई धन्यवाद व्यक्त गर्नुभएको छ ।
केशव भट्टराई हाम्रै साझा पत्रिका र समाचार विशेष डटकमका समाचारदाता हुन ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.