web analytics

साउदीबाट तुल बाहादुर खड्काको पहलमा चार परिवारलाई रकम सहित खाद्यान्न सहयोग

कञ्चनपुर । वैदेशिक रोजगारीको सिलसिलामा साउदीअरबमा रहनु भएका तुलबहादुर खडकाको पहलमा ४ परिवारलाई सहयोग गरिएको छ। ब्लड क्यान्सर पीडित  १ जना, एकल महिला २ जना र अतिबिपन्न परिवार १ जना गरि ४ परिवारलाई रकम सहित खाद्यान्न सहयोग गरिएको हो ।

वैदेशिक रोजगारीको सिलसिलामा बाहिर हुदा आफ्नो गाउँठाउमा सानो भएपनी सहयोग गर्न पाउदा आफू निकै खुसी भएको तुल बहादुर खड्काले बताउनुभयो। उहाले आफू संगै काम गर्ने साथिहरु कबिन्द्र बिष्ट, गोबिन्द भण्डारी र हरि सिह धामी लगायतको सहयोगमा सानो भएपनी पुण्यको काम गरेको बताउनुभयो ।

ब्लड क्यान्सर पीडित खली खडकालाई नगद १५ हजार र बाकि ३ परिवारमा २५किलो चामल, ५ किलो आलु, २ किलो दाल, २ लिटर खानेतेल, १ किलो नुन संगै १-१ पिस साबुन र कोलगेट बितरण गरिएको स्थानीय उत्तम खडकाले जानकारी दिनुभयो । सहयोग सामग्री ग्रहण गर्दै एकल महिला दिलमाया सिहले सहयोगी मनप्रती धन्यवाद व्यक्त गर्नु भयो। उहाले आफू र दुइटी छोरीमात्रै भएकाले ज्यालादारी  गरेर लालनपालन गरिरहेको बताउनुभयो।

आखाभरी आँसु पार्दै उहाले कहिकतैबाट सिपमुलक तालिम आए आफुलाई सहभागी गराईदिन समेत आग्रह गर्नुभयो । यस्तै कविता पार्किले पनि कमाउने उमेरको कोहि नभएको भन्दै आफू र साना छोराछोरीको लालनपालन अर्काको काम गरेर गरिरहेको बताउनुभयो । उहाले काहिकतै रोजगारिको अवसर आए आफुलाई सहभागी गराउन समेत आग्रह गर्नुभयो। यता ब्लड क्यान्सर पीडित खली खड्काले बिगत ५ बर्ष देखि आफू बिरामी भएको बताउनुभयो । उहाले उपचार गराउदा गराउदै आफुसंग भएको सबै पैसा सकिसकेकोले सहयोगका लागि अपिल समेत गर्नु भएको छ। उहाँले सहयोगि मनलाई धन्यवाद व्यक्त गर्दै समाजसेवाको काममा सदैब लागि राख्न समेत बताउनुभयो।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.