web analytics

माओवादी खारेजीको निवेदन नै खारेज, निर्वाचन आयोगले यस्तो गर्‍यो फैसला ?

काठमाडौँ, २७ असार । निर्वाचन आयोगले प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रको अवैधानिक घोषणा गर्न अस्वीकार गरेको छ ।माओवादीबाट एमालेमा प्रवेश गरेका नेताहरु टोपबहादुर रायमाझी र प्रभु साहलगायतको निवेदनलाई आयोगले खारेज गरिदिएको हो । त्यस्तै, अर्को पार्टीको लेटरप्याड दुरुपयोग भएको भन्दै आयोगले भविसोर पराजुलीलाई सचेत गराउने भन्दै खारेज गरिदिएको छ ।
निर्वाचन आयोगले माओवादी केन्द्रको वैधानिकताका ५ वटा आधारहरू प्रस्तुत गरेको छ-
१. नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) २०७३ साउन ३२ को निर्णय अनुसार निर्वाचन आयोगमा दर्ता भएको ।
२. सोही नाममा माओवादी केन्द्रले २०७४ सालको चुनावमा भाग लिएको ।
३. एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा २०७५ जेठ २३ गते निर्वाचन आयोगमा दर्ता भएको ।
४. नेकपा एमाले र नेकपा माओवादी केन्द्र अलग दलका रुपमा रहने भनी २०७७ फागुन २३ गते सर्वोच्च अदालतबाट निर्णय भएको ।
५. नेकपा एमाले र नेकपा माओवादी केन्द्र साविककै दलका रुपमा रहने भनी २०७७ फागुन २५ मा निर्वाचन आयोगले निर्णय गरेको । र, सोही मितिमा राजपत्रमा सूचनासमेत प्रकाशित भएको ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.