प्रधानमन्त्रीको कार्यकाल सुखद रहने ज्योतिषीको दावी

काठमाडौ /सर्वोच्च अदालतले सोमबार शेर बहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दियो। परमादेश दिएसँगै देउवाले आफुबारे भविष्यवाणी गर्ने ज्योतिषीलाई रातारात काठमाडौं बोलाए। प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्चले परमादेश दिएपछि देउवाले पुर्ख्यौली घर प्युठान गएर बसेका सुरेशचन्द्र रिजाललाई रातारात काठमाडौं बोलाएका हुन्। रिजाल देउवा बालुवाटार सर्ने शुभ मुहूर्त हेर्न मंगलबार रातारात काठमाडौं पुगेका थिए।
सर्वोच्च अदालतको सोमबार प्रतिनिधिसभा पुनर्स्थापनासँगै १४९ सांसदको समर्थन जुटाएका शेरबहादुर देउवाले प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिएपछि धेरैले ज्योतिषी एवं वास्तुविद् सुरेशचन्द्र रिजाललाई सम्झिए।
रिजाल तिनै हुन्, जसले गरेको भविष्यवाणीका आधारमा नेपाली कांग्रेसका सभापति देउवाले ३० कात्तिक २०७४ मा भनेका थिए, ज्योतिषीले सात पटक प्रधानमन्त्री बन्छु भन्या छ मलाई।’
२०७४ को चुनावमा वाम गठबन्धनले बहुमत ल्यायो, एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बने। एमाले र माओवादी केन्द्र मिलेर नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० बन्यो, देउवाको अभिव्यक्ति ठट्टाको विषयमा सीमित भयो।
तर, ५ पुस २०७७ मा प्रतिनिधिसभा विघटन भएसँगै फेरि प्रधानमन्त्रीमा देउवाको चर्चा शुरु भयो। दुई खेमामा विभाजित नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता माधवकुमार नेपाल प्रधानमन्त्री अफर गर्दै देउवा निवास बुढानीलकण्ठ पुगे। २३ फागुनमा नेकपाको एकता भंग भयो, माओवादी केन्द्रले फेरि देउवालाई प्रधानमन्त्री अफर गर्यो। तर देउवा तयार भएनन् ।
ज्योतिषी रिजालले फागुनमा भनेका थिए, चार महिना देउवा प्रधानमन्त्री बन्ने योग छैन। नभन्दै चार महिना कटेपछि मंगलबार देउवा प्रधानमन्त्री नियुक्त भएका छन्। ज्योतिषी सुरेशचन्द्र रिजालले फागुनमा भनेका थिए, चार महिना देउवा प्रधानमन्त्री बन्ने योग छैन । नभन्दै चार महिना कटेपछि मंगलबार देउवा प्रधानमन्त्री नियुक्त भएका छन्।
देउवाबारे भविष्यवाणी गर्ने ज्योतिषी प्युठानका हुन्। देउवा जुनसुकै विशेष कार्य गर्दा रिजालसँग मुहूर्त हेराउँछन्। सर्वोच्चले परमादेश दिएपछि पनि देउवाले काठमाडौं बोलाएका थिए। उनी बालुवाटार सर्ने शुभ मुहूर्त हेर्न आएको बताईएको छ।
मंगलबार हुने सपथग्रहणको आधारमा बालुवाटार सर्ने मुहूर्त जुराउने तयारी गरेको रिजाल बताउँछन्। उनी यो पटक देउवाको प्रधानमन्त्री कार्यकाल सुखद रहने दाबी गर्छन्।
Comments are closed.