बाघको आक्रमणबाट बर्दियामा एक जनाको मृत्यु !

साउन ३
बर्दिया /बर्दियामा बाघको आक्रमणवाट एक जनाको मृत्यु भएको छ । बर्दिया राष्ट्रिय निकुञ्जका अनुसार पाटे बाघको आक्रमणबाट ठाकुरबाबा नगरपालिका वडा नम्बर ६ मोतिपुरका ७० वर्षीय गोरे थापाको मृत्यु भएको हो । शनिबार भैसि चराउन सामुदायिक वनतिर गएका थापा अवेरसम्म घर नफर्किएपछि निकुञ्जको टोलिले हात्तीको सहायता बाट खोजी गर्ने क्रममा कालीगौडि बफरजोन सामुदायिक वनमा आईतबार विहान मृत भेटिएको बर्दिया निकुञ्जले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार थापाको सब ओरही पुल देखी करिव ५ सय मिटर तल खोलाको बाँध नजिकै गर्दनको मासु खाई टाउको र शरिरको भाग छुट्टिएको, दाहिने खुट्टा शरिरको भाग बाट समेत छुट्टिएको र पैतलाको भाग बाहेक खुट्टाको भाग खाई मृत अबस्थामा फेला परेको थियो ।
Comments are closed.