web analytics

प्रधानमन्त्री देउवाले पाए विश्वासको मत, पक्षमा  १६५ सांसद, ओलीका ८ सांसद देउवाको पक्षमा!

 

साउन ३

काठमाडौं / प्रधानमन्त्री शेर बहादुर देउवाले विश्वासको मत पाएका छन् ।
सर्वोच्च अदालतको फैसलापछि पुनस्र्थापना भएको प्रतिनिधि सभाको आठौं अधिवेशनको आजको बैठकमा विश्वासको मत लिएका देउवाले स्पष्ट बहुमत पाएका हुन ।
प्रतिनिधिसभाको आइतबार बसेको दोस्रो बैठकमा देउवाले राखेको विश्वासको मतको पक्षमा बहुमत परेको सभामुख अग्‍नि सापकोटाले घोषणा गरेका हुन् ।

यो सँगै दुईपटक विघटनको पीडा भोगेको प्रतिनिधि सभा बाँकी पुरै कार्यकालका लागि जोगिएको हो ।
देउवाले राखेको विश्वासको मतका पक्षमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, जनमोर्चा नेपाल र नेकपा एमालेको माधव पक्षले मत दिएका छन् ।

प्रतिनिधि सभामा आज उपस्थिति कूल २४९ सदस्य संख्यामध्ये १६५ जनाले देउवाको पक्षमा मत दिएका थिए । देउवाका विपक्षमा भने नेकपा एमाले र नेमकिपाका सांसद गरी ८३ जना रहेका थिए ।

यसअघि प्रतिनिधि सभा विघटनको विरुद्धमा पाँच दलीय गठबन्धनका १४६ जना सांसदले रीट निवेदन दिएपछि सर्वोच्च अदालतले देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो ।
आजको मतदानमा १ जना सांसद भने तटस्थ बसेको सभामुखले जानकारी दिए ।
नेकपा एमालेका केही सांसद मतदानमा सहभागी नभएपनि ओली पक्षका ८ जना सांसदले भने देउवालाई मत दिएका छन् ।

विघटनविरुद्धको रिटमा सर्वोच्च अदालतले असार २८ गते प्रतिनिधिसभा पुनःस्थापना र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको थियो । देउवा २९ असारमा प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । नियुक्त भएको एक महिनाभित्र संसद्‌मा विश्वासको मत लिनुपर्ने प्रावधानअनुसार देउवाले आइतबार विश्‍वासको मत लिएका हुन् ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.