web analytics

पुनर्वासको त्रिभुवन बस्ती स्वास्थ्य चौकीलाई डिजिटल एक्सरे मेसिन हस्तान्तरण

कञ्चनपुर, ५ साउन ।
पुनर्वासको त्रिभुवन बस्ती स्वास्थ्य चौकीलाई डिजिटल एक्सरे मेसिन हस्तान्तरण गरिएको छ । सोमबार एक कार्यक्रम विच राष्ट्रिय सभा सदस्य माननीय इन्दु विष्ट कडरियाले पुनर्वास ५ का वडाध्यक्ष तथा त्रिभुवन बस्ती स्वास्थ्य चौकी व्यवस्थापन समिति अध्यक्ष बीरबहादुर बोगटीलाई सो एक्सरे मेसिन हस्तान्तरण गर्नुभयो ।
स्वास्थ्य मन्त्रालयको आदेश बमोजिम स्वास्थ सेवा विभागबाट राष्ट्रिय सभा सदस्य ईन्दु विष्ट कडरीया र लोकतान्त्रिक खेलकुद संघका केन्द्रिय सदस्य रविन कृष्ण सुवेदीको विशेष पहलमा करिब पैसट्ठि लाख पर्ने मेसिन उपलब्ध गराईएको हो ।
सो एक्सरे मेसिन हस्तान्तरण कार्यक्रममा नेकपा एमालेका नेताद्वय खेम सुवेदी र रामचन्द्र नेपाल, नेपाल रेडक्रस सोसाइटी पुनर्वास शाखाका पूर्व अध्यक्ष विश्वनाथ विष्ट, पुनर्वास सहकारीका अध्यक्ष परशुराम विश्वकर्मा, समाजसेवी सूर्य प्रसाद पौडेल, स्वास्थ्यकर्मी  र जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियोे ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.