web analytics

मोडलिङ्ग क्षेत्रमा जम्दै कञ्चनपुरका प्रवेश

काठमाडौ/५ साउन ।
कञ्चनपुर पुनर्वास ६ का प्रवेश हाल काठमाडौलाई कार्यथलो बनाएर मोडलिङ्ग क्षेत्रमा अघि बढिरहेका छन । आकर्षक व्यक्तित्व र सुगठित शरीरका साथै नृत्यमा पारंगत भएका कारण उनलाई मोडलिङ्ग क्षेत्र फापेको सहजै अनुमान लगाउन सकिन्छ । यसका साथै आफ्नै दाइ अशोक बि.क. फिल्म निर्देशक र कोरियोग्राफर भएका कारण पनि यस क्षेत्रमा आउन प्रवेशलाई सहज भएको देखिन्छ । सानै उमेरदेखि नृत्य र अभिनय क्षेत्रको रुचीले प्रवेशलाई मोडलिङ्ग क्षेत्रमा आउने रहर स्वभाविक रुपमा थियोे नै । त्यसमाथि दाईको हौसला र मार्गनिर्देशनले उनलाई यस क्षेत्रमा रम्न र जम्न सजिलो पारिदियो ।
एसईई परिक्षा पास हुने बित्तिकै राजधानी पस्दा अन्य युवाको झै उनको उद्देश्य पनी कलेज पढने नै थियोे । तर भित्री मनमा भने रङ्गमञ्च क्षेत्रमा लागेर नाम र दाम कमाउने उत्कट अभिलाषाको थुप्रो नै थियो। त्यही अभिलाषाको पुर्ती गर्न डान्सर,कोरियोग्राफर र भिडियो सम्पादक हुँदै बिस्तारै मोडलिङ्गको दुनियाँमा आफ्नो भाग्य परिक्षा गरे । जहाँ उनी सफलतातर्फ अगाडी बढिरहेका छ्न । र दर्जनभन्दा बढी भिडियोमा अभिनय गरीसकेका छ्न ।
हालैमात्र उनले “लक्ष्मी दराज” बोलको तिज गितको म्युजिक भिडियोमा अभिनय गरेका छन । चार दिन अघिमात्र युटुबमा प्रदर्शन गरीएको सो भिडियोलाई बीस हजार दर्शक श्रोताले हेरीसकेका छ्न । तिलक ओलि र टीका सानूको आवाज रहेको सो गितमा शब्द, संगीत र एरेञ्ज टिलक ओलिकै रहेको छ । भिडियोको निर्देशन र कोरियोग्राफी अशोक बि.क.को रहेको छ भने भिडियोमा प्रवेशलाई गिता ढुंगानाले साथ दिएकी छिन । भिडियोलाई पदम सुवेदीले सम्पादन गरेका हुन । ड्रागन पिक्चरको पोष्ट प्रोडक्सन रहेको सो भिडियो एआर ईण्टरटेनमेण्ट नामक युटुब च्यानलबाट हेर्न सकिन्छ । जहाँ प्रवेशले अभिनय गरेका अन्य भिडियो समेत पाउन सकिन्छ ।
हेर्नुस् प्रवेशद्वारा अभिनित भिडियो

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.