स्वास्थ्य विभागबाट प्राप्त स्वास्थ्य सामाग्री बेलौरीको लक्ष्मीपुर स्वास्थ्य चौकीलाईलाई हस्तान्तरण
कञ्चनपुर, ८ साउन ।
स्वास्थ्य विभागबाट प्राप्त स्वास्थ्य सामाग्री बेलौरीको लक्ष्मीपुर स्वास्थ्य चौकीलाईलाई हस्तान्तरण गरिएको छ ।
लोकतान्त्रिक खेलकुद संघका केन्द्रिय सदस्य रविनकृष्ण सुवेदी मार्फत स्वास्थ्य विभागबाट प्राप्त सो स्वास्थ्य सामाग्री विहिवार नेकपा एमालेका नेता तथा पूर्व जिल्ला विकास समिती सदस्य खेम सुवेदीले एक समारोह विच बेलौरी नगरपालिका ८ का वडाअध्यक्ष बलवीर चौधरीलाई हस्तान्तरण गर्नुभयो ।
हस्तान्तरण गरीएका स्वास्थ्य सामग्रीहरूमा भरिएका अक्सिजन सिलिन्डर २ थान, अक्सिजन कन्सनट्रेटर १ थान, सर्जिकल मास्क ३ सय थान, रेगुलेटर २ थान, गाउन ९ थान, इन्फ्रारेड थर्मोमिटर १ थान, परिक्षण पञ्जा २०० थान,गगल्स २ थान,फेस शिल्ड ५० थान र हेन्ड स्यानिटाईजर(२५लि.) एक जार रहेका छ्न ।



Comments are closed.