web analytics

महाराजधिराज खुसी हुनुभयो, हामीलाई आममाफी मिलेछ : नेता नेपाल !

साउन ८

काठमाडौं / नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आममाफी दिने पार्टी अध्यक्ष केपी शर्मा ओलीको घोषणालाई श्री ५ को हुकुमको संज्ञा दिएका छन् । शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा नेता नेपालले भने, ‘हिजो महामहिम श्री ५ मडामहाराजधिराजबाट अभिव्यक्ति आयो, माधव नेपाल लगायतका माननीय सदस्यहरुमाथि जति पनि स्पष्टीकरण सोधिएको छन्, उनीहरुलाई आममाफी दिइन्छ । एम्नेस्टी इज ग्रान्टेड । हामी गदगद् भयौं ।

‘महाराजधिराज खुसी हुनु भएको छ । हामीलाई आममाफी मिलेछ । नाच्नु पर्ने भयो, खुसी हुनुपर्ने भयो । यही हो पद्धती ? यसलाई कम्युनिस्ट पद्धती भनिन्छ ?’ नेता नेपालले थपे । उनले फेरि संसद विघटन गर्ने षड्यन्त्र असफल पारेको बताएका छन् ।

३ साउनमा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत पुग्न नदिने र संसद विघटन गर्ने मेरो कदम ठीक थियो भन्ने स्थापित गर्न खोजेको उनको आरोप छ । तर आफूहरुले त्यसलाई असफल पारेको भन्दै उनले भने, ‘संसदलाई जोगाएका छौं, संविधानको रक्षा गरेका छौं । बडो जायज काम गरेका छौं ।’ उनले अघि भने, ‘मसँगै जोडिएका २३ जना (देउवालाई मत दिने २२ सांसद र समर्थन गर्ने झलनाथ खनाल)लाई सलाम भन्न चाहन्छु । ११ जना, जसले कमसेकम विपक्षमा भोट खसाल्नु भएन । उहाँलाई पनि सलाम भन्न चाहन्छु ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.