कोभिड महामारीले रोकिएन विदेश जानेको लर्को

–हेमन्त प्रकाश बुढा
काठमाडौ । देशमा सरकारले रोजगारीको व्यवस्था गर्न नसकेपछि कोभिड महामारी विच पनि विदेश जानेको संख्या घटेको छैन । आइतबार काठमाण्डौ नारायणहिटीस्थित राहदानी विभागमा राहदानी बनाउन आएका हज्जारौं युवायुवतीको लर्कोले देशमा बेरोजगारहरुको संख्या निरन्तर बढिरहेको सजिलै अनुमान गर्न सकिन्छ । विगतको सरकार र वर्तमान सरकारले पनी देशमा रोजगारीको व्यवस्था गर्ने भनेर प्राथमिकताका साथ योजना ल्याउने गरेतापनी त्यो कागजमै सिमित हुने गरेको छ ।
रोगको चिन्ता भन्दा पनि घरपरिवार पाल्ने चिन्ता भएका कारण आफू विदेश जान लागेको सर्लाहीका एक युवा दिनेश चौधरीले बताउँछ्न ।
सरकारले बजेट वितरण समानुपातिक ढंगले गर्न नसकेको कारण गरीब किसानहरु मर्कामा परेको एकजना नाम बताउन नचाहने एक युवा बताउँछन् ।
Comments are closed.