web analytics

कारागारबाट निर्वाचन आयोग पुगे रेशम चौधरी !

 

श्रावण ११

काठमाडौं/ जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता विवादबारे भइरहेको सनाखत प्रक्रियामा सहभागीता जनाउन जेलमा रहेका जसपा सांसद रेशम चौधरी निर्वाचन आयोग पुगेका छन् ।

पार्टीको केन्द्रीय कार्यकारिणी सदस्यको हैसियतमा हस्ताक्षर गर्न उनी डिल्लीबजारस्थित कारागारबाट आयोगको कार्यालय कान्तिपथ पुगेका हुन् । चौधरीलाई स्वागत गर्नका लागि जसपाको दुवै पक्षका नेताहरू लाइन लागेर बसेका थिए ।

विगतमा राजपाबाट निर्वाचित चौधरी कता लाग्ने खुलेको छैन । रेशम चौधरीको श्रीमती भने बिहानैदेखि महन्थ ठाकुरको पक्षमा उभिएकी छिन् । आयोगमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै चौधरीले पहिले महन्थ ठाकुर र त्यसपछि उपेन्द्र यादवलाई भेटेर आफूलाई आयोगमा बोलाइनुको कारण सोध्ने बताएका छन् ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.