web analytics

बेलुवा र डेउढकलामा पशुसेवा केन्द्र स्थापना !

 

कृष्ण बहादुर बुढा

श्रावण ११

बर्दिया /बर्दियाको बाँसगढी नगरपालिकाको डेउढकला र बेलुवामा पशु सेवा केन्द्र सञ्चालनमा ल्याइएको छ । दुवै ठाउँका पशु सेवा केन्द्रको आइतबार एक कार्यक्रमका बीच बाँसगढीका नगर प्रमुख शालिकराम अधिकारीले उद्घाटन गरेका थिए । यसअघि नगरपालिकामा भरी वडा नम्बर ५ को बाँसगढी बजारमा मात्र पशु सेवा केन्द्र रहेको थियो ।

बजारमा रहेको पशु सेवा केन्द्रबाट अन्य वडामा रहेका पशुपालन गर्ने किसानहरुले सेवा लिन समस्या भएपछि थप २स्थानमा एकैसाथ पशु सेवा केन्द्र स्थापना गरिएको हो । पशु सेवा केन्द्रको उद्घाटन गर्दै बाँसगढी नगर प्रमुख अधिकारीले पशुपालक किसानहरुको समस्यालाई ध्यानमा राखेर घर आँगनमा पशु सेवा केन्द्रको स्थापना गरिएको बताए ।

‘नगरपालिका भित्र एउटा मात्र पशु सेवा केन्द्र हुँदा किसानहरुलाई सहज रुपले सेवा दिन सकिएको थिएन’ उनले भने, ‘सोही कुरालाई मध्यनजर गरेर नगरपालिकाले थप २ स्थानमा पशु सेवा कार्यालय स्थापना गरेको हो ।’ बेलुवामा स्थापना गरिएको पशु सेवा केन्द्रले वडा नम्बर १, २ र ३ का पशुपालन किसानहरुलाई सेवा दिनेछ ।

त्यस्तै डेउढकलामा स्थापना गरिएको पशु सेवा केन्द्रले ७, ८ र ९ वडाका पशुपालन गर्ने किसानहरुलाई सेवा दिने नगर पशु सेवा शाखा बाँसगढीले जनाएको छ । ‘घर आँगनमा नै किसानलाई सेवा दिने गरी पशु सेवा केन्द्रको स्थापना गरेका हौं’ नगर प्रमुख अधिकारीले भने, ‘नगरपालिकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको छ । पशु सेवा केन्द्रबाट अधिकतम लाभ उठाउन किसानलाई आग्रह गर्दछु ।’

आइतबारदेखि सञ्चालनमा ल्याइएका दुबै पशु सेवा केन्द्रमा तालिम प्राप्त जनशक्ति खटाइएको छ । पशुमा लाग्ने रोगहरुको उपचार अबदेखि पशु सेवा केन्द्रबाट नै हुनेछ । पशु सेवा केन्द्रको उद्घाटन समारोहमा स्थानीय जनप्रतिनिधि, स्थानीयबासी लगायतको उपस्थिती रहेको ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.