web analytics

हतकडीसहित तस्कर फरार प्रकरणः बाँकेका तत्कालिन एसपी रानामाथि छानविन सुरु !

 

साउन ११

बाँके /जिल्ला प्रहरी कार्यालय बाँकेका तत्कालिन प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) ओम बहादुर रानालाई प्रहरी प्रधान कार्यालयले छानविन सुरु गरेको छ ।

प्रहरीले नेपालगञ्जमा पक्राउ गरेका एक काठ तस्कर हतकडीसहित भागेपछि एसपी राना लगायतका अन्य प्रहरीमाथि छानविन थालिएको हो ।

घटनालाई गम्भीर रुपमा लिदै प्रहरी प्रधान कार्यालय मातहत रहेको उजुरी छानविन शाखाले दुई साताअघिबाट छानविन सुरु गरेको छ ।

बाँकेका तत्कालिन एसपी रानासहित एक असई, एक प्रहरी हवल्दार र एक सिपाहीलाई छानविनको लागि प्रहरी प्रधान कार्यालयमा तानिएको छ । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार अहिले उनीमाथि लागेको आरोपको बारेमा सोधपुछ भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको मोबाइल गाडीमा रहेका प्रहरीले गत बैशाख तेस्रो साता बाँकेको हिरमिनियाबाट सालको काठसहित एक जनालाई नियन्त्रणमा लिए ।

अवैध ५ थान सालको काठसहित हिरमिनियाकै निसार खाँलाई मोबाइल गाडीमा रहेका प्रहरीले पक्राउ गरेका थिए । हिरमिनियामा काठ तस्कर खाँ पक्राउ परेको खबर केहीबेरमा बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) ओम बहादुर रानासम्म पुग्छ ।

उनले तत्काल सादा पोशाकका एक प्रहरीलाई हिरमिनिया पठाउँछन् । त्यहाँ पुगेर उनले पक्राउ परेका खाँको पहिल्यै एसपी सापसँग सेटिङ भईसकेकोले काठ र खाँलाई छोड्न मोवाईल गाडीमा रहेका असईलाई अनुरोध गर्छन् ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.