web analytics

सरकारकाे निर्देशनलाई अवेज्ञा गर्दै निजी विद्यालयहरुले लुकिछिपी विद्यालय सञ्चालन!

साउन ११

बाँके /बाँकेको कोहलपुर नगरपालिकामा रहेका निजी विद्यालयहरुले नेपाल सरकारको दिएको निर्देशनलाई अवेज्ञा गर्दै सञ्चालन गरेका छन् । ‘करायो करायो दक्षीण हरायो’ भने जस्तै भएको देखिन्छ । शिक्षा मन्त्रालय, जिल्ला शिक्षा कार्यालय र जिल्ला समन्वय समिति र नगर शिक्षाको दिएको निर्देशनलाई नै अवेज्ञा गर्दै कोहलपुरका निजी विद्यालयहरुले लुकीछिपी विद्यालय सञ्चालन गरेका छन् ।

यस्तै यो भन्दा पहिले कोहलपुर नगर शिक्षा शाखाले मिति २०७८ असार २२ गतेका दिन कोहलपुरमा भएको कुनै पनि सामुदायिक, निजी विद्यालय, ट्यूसन सेन्टर, कलेज र तालिमहरु सञ्चालन नगर्ने भनि नगर शिक्षाले सूचना जारि गरेको थियो । कोहलपुर नगर शिक्षा शाखामा विद्यार्थी संगठनहरुले भौतिक रुपमा विद्यालय सञ्चालन भएको हुँदा बन्द गर्नका लागि बेलाबेलामा ध्यानाकर्षण गराएका थिए ।

यस्तै जिल्ला समन्वय समिति बाँकेका प्रमुख राम सुरेस यादवले पनि साउन १ गतेका दिनमा पनि संस्थागत विद्यालयहरुलाई केन्द्रित रहेर सूचना जारी गरेका थिए । सो सूचनामा भनेको थियो, सबै बालबालिकाकाहरु पठनपाठनमा पहुँच नपुगेको, विभिन्न शिर्षकको नाममा र विद्यालय संचालन नभएको अवस्थामा पनि विद्यार्थीहरुबाट लिएको चर्को रकम अभिभावकलाई र्फिता गर्न भनी सूचना जारी गरेको थियो । कोहलपुर नगरपालिकामा नगर शिक्षा शाखाका प्रमुख अनन्त कुमार पौड्यालको नेतृत्वमा विद्यार्थी संगठन र पत्रकारहरुको टोली सहित अनुगमनमा गएको थियो ।

यस्तै कोहलपुर नगर शिक्षा शाखाका प्रमुुख पौड्यालले अनुगमनमा कोहलपुरमा अधिकांश विद्यालयहरु भौतिक रुपमा सञ्चालन गरेको पाइएको बताए । ‘हामी विद्यालयमा पुग्दा अधिकांश विद्यालय भौतिक रुपमा सञ्चालन गरेका थिए’ उनले भने, ‘त्यहाँ स—साना बालबालिकाहरु माक्स नलाई विद्यालय सञ्चालन गरेका थिए ।’

शिक्षा मन्त्रालय, जिल्ला शिक्षा कार्यालय र जिल्ला समन्वय समिति र नगर शिक्षाको दिएको निर्देशनलाई मानेका होलान भन्ने ठानेका थियौ तर त्यो नभेटिएको पौड्यालले बताए । ‘अनुगमनका क्रममा कोहलपुरका अधिकांश विद्यालय सञ्चालन गरेका छन्’ उनले भने, ‘सो विद्यालयहरुलाई जिल्लामा कारवाहीको सिफारिस गरिनेछ ।’ विद्यालयमा अध्ययन गरिरहेका स—साना बालबालिकाहरुलाई घर पठाई विद्यालय बन्द गर्नका लागि अनुरोध गरेको र अर्को सूचना नआएसम्मका लागि विद्यालय बन्द गर्नुभन्दै निर्देशन दिएको पौड्यालले बताए ।

यस्तै अनुगमनमा गएका अनेरास्ववियूका केन्द्रय सदस्य सुमन घिमिरेले अभिभावकहरुबाट जबरजस्ती रकम असुली गर्नका लागि विद्यालय सञ्चालन गरेको बताए । अनुगमनको क्रममा अभिभावसंग कुराकानी गरेको बताए । उनका अनुसार एक अभिभावकले भने, ‘विद्यालय सञ्चालन भएको छ तपाईको बच्चा पठाइदिनुहोला भन्दै फोन जान्छ । त्यसपछि पढने कोर्ष पनि निरन्तर पढाई हुन्छ तर हाम्रो बच्चा सो पढाईबाट छुट्ने डर छ । अब भन्नुहोस्, विद्यालयमा बच्चा ल्याउने की नल्याउने ? हामीले के गर्ने ? उनी रिसाउँदै भनीन, कसैले बन्द गर्ने भन्छ, कसैले खोल्ने भन्छ गर्ने चाँही के हो ? हाम्रो बालबालिकाहरुको भविष्य नै अन्यौल भयो । विद्यालयहरुले लकडाउनको बेलाको रकम पनि लिएका छन् । भन्दै गुनासाहरु पोखेको बताए ।

यस्तै अनुगमन कार्यक्रममा कोहलपुर नगरपालिकाका नगर शिक्षा अधिकृत रविलाल मिजार, विद्यालय निरिक्षक शिला गौतम, शिक्षा शाखाका प्राविधिक सहायक बल बहादुर नेपाली, अनेरास्ववियुका केन्द्रय सदस्य टोपराज जैसी, दिनेश केसी, नगर अध्यक्ष बलिराज थापा र पत्रकारहरुको समेत उपस्थित रहेको थियो । कोहलपुर नगरपालिकामा ३० वटा सामुदायिक विद्यालय र ५८ वटा निजी विद्यालय रहेका छन् ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.