web analytics

टिकापुर काण्डमा दोषी भन्दै जेलमा राखिएका सांसद रेशम चौधरी “तटस्थ”, न्याय दिन आग्रह

काठमाडौं । सनाखतका लागि डिल्लीबजार कारागारबाट निर्वाचन आयोग पुर्‍याइएका रेशम चौधरी जनता समाजवादी पार्टी (जसपा) को विवादमा तटस्थ बसेका छन् । तर आफ्नो रिहाइबारे राजनीतिक वक्तव्य दिएका छन् ।
महन्थ ठाकुर र उपेन्द्र यादवमध्ये कुन पक्षलाई आधिकारिकता दिने भनेर सुनुवाइ गरिरहेको आयोगले सोमबार कार्यकारिणी सदस्यहरुलाई सनाखतका लागि सोमबार बोलाएको थियो । ५१ सदस्यीय कार्यकारिणी समितिका सदस्य रेशम भने टीकापुर घटनामा दोषी ठहर भएर जन्मकैदको सजाय काटिरहेका छन् ।
निर्वाचन आयोगले डिल्लीबजार कारागारमै कर्मचारी पठाएर सनाखत गर्न चाहेको थियो । तर रेशमले मानेनन् र निर्वाचन आयोगमै उपस्थित हुने बताए । आयोगको आग्रहमा कारागार प्रशासनले उनलाई सोमबार अपरान्ह उपस्थित गरायो ।
अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवसँग छुट्टाछुट्टै छलफल गरेका उनले कुनै पक्षमा सनाखत गरेनन् । तर बाहिरिने क्रममा आफ्नो मुद्दामा बोलेका छन् । राजनीतिक मुद्दाका कारण आफू जेलमा बस्नुपरेको भन्दै उनले भने, ‘मेरो मुद्दामा मेरो पार्टी कत्तिको लडिरहेको छ, त्यो उहाँहरको दृष्टिकोण होला ।’
कठघरामा उभिएर जति सत्य बकेपनि दोषी ठहर गरिएको भन्दै उनले भने, ‘श्रीमान ! न्याय देउ हामीलाई, क्षमा चाहिँदैन । दोषीलाई दण्ड देऊ, निर्दोषीलाई थुन्न पाइँदैन ।’
अघि भने, ‘एक न्याय, दुई न्याय, तीन न्याय ।’
जसपाको महन्थ ठाकुर पक्षले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली पक्षलाई साथ दिँदा चौधरीको रिहाइलाई मुद्दा बनाएको थियो । उनी रिहा नभएसम्म सरकारमा नजाने यो समूहको अडान थियो । तर उनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले उनको रिहाई नेताहरुले चाहे जस्तो सहज थिएन ।
सत्तारुढ दलका नेताहरुले रिहा गर्न सम्भव नहुने भएकाले आममाफीको दिन सक्ने बताएका थिए । यसबारे कुनै टुंगो नभई जसपाको ठाकुर पक्ष सरकारमा गएको थियो । तर १९ दिनमै सरकारबाट हट्नुपर्‍यो । अब उपेन्द्र यादव पक्ष प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा जाने तयारीमा छ ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.