web analytics

विजय शाहीको मृत्यु साँचो हो या हल्ला ?

काठमाडौ/१२ साउन ।
नेपालका मेमोरी किङको रुपमा चिनिएका युवा विजय शाहीको अहिले मृत्यु भयो भनेर उनको फोटो राखेर सामाजिक संजालमा `के यो साचो हो?´ भनेर प्रश्न गर्दै विभिन्न व्यक्ती हरुले पोस्ट गरिरहेका छन् । तस्बिरमा विजय शाही जस्तै देखिने व्यक्तिलाई मृत्यु भएको जस्तै गरेर नाकमा कपास , सेतो कपडा र हिन्दु धर्मावलम्बीहरुले लगाउने रातो खादा जस्तोले छोपेको देखाईएको छ । तर सो तस्बिर विजय शाहीको नै हो वा हैन भनेर यकिन भने भैसकेको छैन । सामाजिक संजालमा भने कतिपयले पत्याईरहेका छन र पत्रुकारहरुका कारण ज्यान गयो भन्दै श्रद्धाञ्जली समेत दिइरहेका छन् । कतिपयले चाँही सबै झुटो हो ठगेको पैसा पचाउने षड्यन्त्र हो भन्दै अझैपनी विरोध गरिरहेका छन् । आधिकारिक न्यूज पोर्टलहरुले अहिलेसम्म यसबारेमा समाचार पोस्ट नगरेकाले यो हल्लामात्र हुन सक्ने धेरैले अनुमान गरेका छ्न ।
 

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.