सुदुरकी गौरव दुर्गा भट्ट सांगीतिक र मोडलिङ संसारमा नौलो पहिचान बनाउँदै

कञ्चनपुर/१२ साउन
डडेल्धुरामा जन्मेकी दुर्गा भट्टको हालको ठेगाना कञ्चनपुरको रैकवार विचवा हो । तर आजभोलि उनी काठमाडौमा बसेर सांगीतिक र मोडलिङ्ग क्षेत्रमा सकृय छिन ।
बुवा नारायण प्रसाद भट्ट र आमा बिष्णुदेवी भट्टको कोखबाट २०५३ सालमा नवदुर्गा गाविस डडेल्धुरामा जन्मिएकी दुर्गा भट्ट वर्तमानमा चर्चामा रहेकी मोडल तथा गायिका हुन । मध्यम परिवारमा जन्मेका कारण बाल्यकाल खासै सुखद नभएपनी सानैदेखि गीत संगित र नृत्य भनेपछि हुरुक्कै हुन्थिन उनी । पढाई भन्दापनि कलाकारीता क्षेत्रलाई बढी प्राथमिकता दिएपनी हाल स्नातक तहमा अध्ययनरत छिन ।
नाम चलेका कलाकारहरुसंग गित गाउनका साथै चर्चित मोडलहरुसंग उनले स्क्रिन शेयर गरीसकेकी छिन । “छोडी जाने निष्ठुरी” बाट सांगीतिक यात्रा सुरु गरेकी भट्टको धान कुटेर चामल,कोहलपुरकी नानी,धोका दियो पापी बैगुनीले, मेरो सुदूरपश्चिम लगायत पचास भन्दा बढी गितमा मोडलिङ्ग गर्नुका साथै स्वर समेत दिईसकेकी छिन ।
सांगीतिक क्षेत्रमा लागेको दुई बर्षमै “धान कुटेर चामल” नामक गीतबाट ईन्टरनेसनल अवार्ड पाउन सफल भट्टले थाईल्याण्डको पतायाबाट सो अवार्ड प्राप्त गरेकी हुन । त्यसैगरी उनको “नाच्दे मेरी निर्मला”बोलको गित ईपिक नेपाल अवार्डको नोमिनेसनमा परेको थियोे । यस अघि उनले सुन्दारादेवी अवार्ड पनि पाउन सफल भएकी थिइन् ।
भविष्यमा सफल कलाकार बन्ने लक्ष्य लिएकी भट्ट “एक नम्बरकी” बोलको म्युजिक भिडियोमा छिट्टै देखिने भएकी छिन ।
Comments are closed.