web analytics

बोक्सर फेरि माओवादीमा फर्किए

कञ्चनपुर  /महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी (बोक्सर) नेकपा माओवादी केन्द्रमा फर्किएका छन् ।
सर्वोच्च अदालतले तत्कालिन नेकपाको एकता बदर गरेपछि उनी नेकपा एमालेमा बसेका थिए । एमाले अध्यक्ष ओलीले उनलाई केन्द्रीय सदस्य बनाएका थिए ।
केही दिन अघि काठमाडौ गएका जोशी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसंग देखिएका छन् । अध्यक्ष प्रचण्डसंग भेट गरिएका उनका तस्बिर सामाजिक सञ्जालबाट बाहिर आएका छन् ।
माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका पूर्व मन्त्री लेखराज भट्ट सहित उनी एमाले आएका थिए ।
अहिले भट्ट एमाले बस्न नबस्नेमा द्विविधामा छन् । भट्ट नजिकका जोशी त्यस अघि नै माओवादी केन्द्र फर्किएका छन् । उनी शिक्षक पृष्ठभूमिबाट राजनीतिमा आएका हुन् ।
उनलाई भीमदत्त नगरपालिकाको भावी मेयरका रुपमा हेरिएको छ । महाकाली अस्पताल सुधार गरेपछि उनको राजनीतिक पहिचान बढाएका छन् ।
उनले एमाले अध्यक्ष ओलीले केन्द्रीय सदस्य बनाए पनि शपथ नलिएको बताए । ‘केन्द्रीय सदस्य बने पनि मैलेँ त्यसको सपथ लिएको थिएन । आफ्नो कामै व्यस्त थिए’ उनले भने, ‘अहिले म माओवादी केन्द्रमै छुँ ।’
काठमाडौंमा भएका उनले अध्यक्ष प्रचण्ड सहित नेताहरुसित भेटघाट गरि रहेका छन् । उनले अध्यक्ष प्रचण्ड सहित नेताहरु कृष्ण बहादुर महरा, वर्षमान पुन लगायतसंग भेटघाट गरेका छन् ।
महाकाली अस्पतालमा डाइलोसिस सेवा सुरु गर्न तालिम प्राप्त जनशक्ति उपलब्धका लागि पहल गरिदिन माग गरिएको अध्यक्ष जोशीले बताए ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.