web analytics

एम्बुलेन्स को ठक्करबाट एक पुरुष को मृत्युु !

 

साउन १७

बाँके /बाँकेको कोहलपुर सडक खण्डको कोहलपुर बाबानगर नजिकै एम्बुलेन्सको ठक्करबाट एक युवकको मृत्यु भएको छ ।

कोहलपुरबाट नेपालगञ्जतर्फ जाँदै गरेको एम्बुलेन्सको ठक्करबाट शनिबार राती एक युवकको मृत्यु भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

लायन्स क्लब अफ नेपालगञ्जको भे १ च ५८६ नम्बरको एम्बुलेन्सले युवकलाई ठक्कर दिएपछि भागेको थियो ।

आफै ठक्कर दिएर घाइते बनाएको व्यक्तिलाई उपचारको लागि अस्पताल लैजानुको साटो भाग्ने एम्बुलेन्स र चालकलाई प्रहरीले राती १२ बजे नेपालगञ्जमा लुकिछिपी बसेको अवस्थामा नियन्त्रणमा लियो ।

सडकमा घाइते फेला परेको खबर पाएलगत्तै पुगेको स्थानीय प्रहरीले अहिलेसम्म नाम ठेगाना नखुलेका पुरुषलाई उद्दार गरेर उपचारका लागि मेडिकल कलेज कोहलपुर पठाएको थियो ।

उपचारकै क्रममा करिब साढे ११ बजे मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ । ठक्कर दिने एम्बुलेन्स र चालकलाई कोहलपुरले प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.