पुनर्वासमा छोटी भन्सार पुनर्स्थापना र खुला सिमा बन्द गर्न माग गर्दै सिडिओ समक्ष ज्ञापनपत्र पेश

कञ्चनपुर,१७ साउन ।
पुनर्वासमा छोटी भन्सार पुनर्स्थापना गर्न माग गर्दै सिडिओ समक्ष ज्ञापनपत्र पेश गरिएको छ ।
आइतबार पुनर्वास उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण बहादुर तामाङको नेतृत्वमा गएको टोलिले कञ्चनपुरका सिडिओलाई उहाँकै कार्यकक्षमा भेटी ज्ञापनपत्र पेश गरेको हो ।
खुला सिमानाका कारण दैनिक लाखौं मूल्यका अवैध सामान भित्रीरहेको कारण
पुनर्वासका व्यापारी मर्कामा परेको ज्ञापनपत्रमा जनाईएको छ । अवैध सामान भित्रिदा पुनर्वासका व्यापारी र कृषकवर्ग मर्कामा पर्नुका साथै राज्यलाई प्राप्त हुने राजस्वबाट राज्य वञ्चित भईरहेको विज्ञप्तिमा उल्लेख छ ।
खुला सिमानाका कारण लागू औषध ओसारपसार र चेलीबेटी बेचबिखन जस्तो अपराधिक क्रियाकलाप गर्ने थलोको रुपमा यो क्षेत्र परिचित हुँदै गएको तथा खुला सिमा र सिमा विवादकै कारण
पुनर्वासका युवा गोविन्द गौतमले भारतिय सुरक्षाकर्मीको आक्रमणबाट ज्यान गुमाउनु परेकाले खुला सिमाना बन्द गर्न माग गरीएको छ ।
कोरोनाको महामारी विच आवतजावत बढिरहेको तथा वि.ओ.पी. स्थापना गरीएपनि यस क्षेत्रका जनताले सुरक्षाको अनुभुति गर्न नपाएको भन्दै यस्ता क्रियाकलाप बन्द गर्न जिल्ला प्रशासन कार्यालयलाई ध्यानाकर्षण गरिएको छ । साथै विगतमा पुनर्वास ६ मा रहेको छोटी भन्सार बन्द भएकाले यसको पुनर्स्थापना गर्न समेत माग गरिएको छ ।
Comments are closed.