प्याब्सन र नेशनल प्याब्सनले भनेः नगर शिक्षाको अनुगमन अमर्यादित शैलीमा भयो !

साउन १७
बाँके / प्याब्सन र नेशनल प्याब्सन बाँकेले साउन १० गते भौतिक रुपमा विद्यालय सञ्चालन भइरहेको भन्ने नाममा शिक्षा शाखाबाट अचानक तथा अमर्यादित रुपमा भएको बताएका छन् ।
आइतबार एक प्रेस विज्ञप्तिमा जारी गर्दै दुवै संगठनले साता संगठनलाई समेत जानकारी नदिई पुर्वाग्रही ढंगले नगर क्षेत्रका चार निजी विद्यालयमा गरिएको अनुगमनबाट सिर्जित परिणाम प्रति प्याब्सन र नेशनल प्याब्सनको गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।
प्याव्सन बाँकेका अध्यक्ष राजेन्द्र कुमार आचार्य र नेशनल प्याब्सन बाँकेका अध्यक्ष श्याम बहादुर कुँवरद्धारा हस्ताक्षरित विज्ञप्तिमा कोहलपुर नगर क्षेत्रमा नगर शिक्षाले चार निजी विद्यालयमा अनुगमनको नाममा अनावश्यक रुपमा सृजना गरेको घटना घोर भत्र्सना गरेको उल्लेख गरिएको छ ।
Comments are closed.