web analytics

सभापतिमा डा. शेखर कोइरालालाई समर्थन किन?

काठमाडौं। नेपाली कांग्रेसको महाधिवेशनको मिति नजिकिँदै गर्दा भावी नेतृत्वका लागि नेताहरुले सक्रियता बढाएका छन्। सभापति शेरबहादुर देउवा र उपसभापति विमलेन्द्र निधिले सभापतिका लागि उम्मद्वारी दिने घोषणा गरेपनि संस्थापनइतर पक्षबाट हालसम्म कसैले पनि उम्मेद्वारी घोषणा गरेका छैनन् । तर कांग्रेस भित्र शेखर कोइरालाले नेतृत्व गर्नुपर्ने आवाज चर्कोरुपमा सुनिन थालेको छ । त्यस्तै शेखर कोइरालालाई अब्बल सावित गर्न सक्ने केहि बुँदाहरु यस्ता छन :-

१. पार्टीलाई सुब्यवस्थित, पारर्दर्शी, बिधानत: सन्चालन गर्ने चाहना उहाँमा देखिएकोले ।
२. देशभरिका कार्यकर्ताहरुका नयाँ उत्साह सन्चार गर्ने क्षमता देखिएकोले ।
३. युबा र प्रौढहरुको समन्वय गर्ने कडिको रुपमा उभिनु भएकाले ।
४. कांग्रेस पार्टीको नेतृत्वमा बनेको संबिधानको रक्षार्थ उभिने प्रतिबद्दता जनाउनु भएकोले । यो संबिधानले २००७ साल देखिको हाम्रो लडाई, योगदान र क्रान्तिलाई ब्यवस्थित गरेको छ । त्यो कुरा भुल्नु हुदैन ।
५. एक चोटि मात्रै सभापति बन्छु र अर्को अधिवेशनमा उम्मेदवार बन्दिन भनेर सार्बजनिक प्रतिबद्धता जनाउनु भएकोले ।
६. केन्द्रमा ४०, प्रदेशमा ५० र स्थानीयमा ६० को युवा रणनिती लागु गर्ने भएकोले ।
७. एउटा कुशल ब्यबस्थापकको लामो अनुभब भएकोले ।
८. जाम गर्ने र पालो कुर्ने परम्परागत नेतृत्व बिकास गर्नेहरुको भीडमा नेतृत्वका लागि क्रान्तिकारी निर्णय गरेकाले ।

पत्रिकामा छापिएको एक लेख ।

९. मास बेस्ड संगठनको छनक पपुलर मान्छेले नेतृत्व गर्न पाउनु पर्ने लोकतान्त्रिक पार्टी भित्रको आत्मालाई स्थापित गर्नु पर्ने भएकोले ।
१०. उहाँमा जोस, जाँगर, केही गर्ने छट्पटी, गर्नै पर्छ भन्ने संगठित प्रतिबद्धता भएकोले ।
११. उहाँ सरकारमा नफसेको, नेतृत्वको माथिल्लो तहमा पुगेर काम नगरेका एक फ्रेस ब्यक्तित्व हुनुभएकाले ।

-दिनेश शर्मा

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.