एमाले बैठकमा उपाध्यक्ष गौतमको तीन प्रस्ताव सहित फरक दस्तावेज !

साउन २२
काठमाडौँ/ नेकपा एमाले उपाध्यक्ष वामदेव गौतमले विधान महाधिवेशन कार्यदलको बैठकमा फरक प्रस्ताव पेश गरेका छन् । शुक्रबार बसेको विधान महाधिवेशन कार्यदलको बैठकमा उपाध्यक्ष गौतमले तीन बुँदे दस्तावेज पेश गरेका हुन ।
छलफलका लागि उपाध्यक्ष गौतमले तीन नयाँ प्रस्ताव सहितको दस्तावेज बैठकमा पेश गरेका हुन् ।
पहिलो प्रस्ताव:
संसदबाट निर्वाचित हुने प्रधानमन्त्रीय प्रणालीका ठाउँमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली हुनुपर्ने उनको प्रस्ताव छ । र व्यक्ति निर्वाचित हुने प्रणालीका ठाउँमा पार्टी निर्वाचित हुने पूर्ण समानुपातिक निर्वाचन प्रणाली ।
दोस्रो प्रस्ताव:
पार्टी कार्यक्रमका सम्बन्धमा अहिले पनि पुँजीवादी जनवाद लागु गर्नुपर्ने कार्यक्रमका ठाउँमा बहुदलीय समाजवाद नेपाली जनताको समृद्धिको कार्यक्रम ।
तेस्रो प्रस्ताव:
पार्टीमा गुटबन्दी सृजना गर्ने अभ्यासका रुपमा परिचित महाधिवेशन हलबाट पार्टीको पदाधिकारी चुन्ने प्रणालीका ठाउँमा केन्द्रीय कमिटीले पदाधिकारी चुन्ने ।
गौतमको नयाँ दस्तावेज अनुसार उनले पार्टीको ढाँचा र राज्य संरचनाको नयाँ विकल्प पेश गरेका हुन् । पार्टी महाधिवेशन र राष्ट्रपति चयनको प्रक्रियामा नै उनले नयाँ विकल्प अघि सारेका हुन् ।
Comments are closed.