web analytics

बाँकेमा सडक दुर्घटना हुँदा २ जनाको मृत्यु !

 

साउन३२

बाँके /बाँकेमा सडक दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । सोमबार बिहान राप्तीसोनारी गाँउपालिका १ गाभरमा मालबहाक ट्रकले मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकलमा सवार २ जनाको मृत्यु भएको हो ।

पश्चिमदेखी पुर्वतर्फ जाँदै गरेको ना६ख ६७९९ नम्बरको ट्रकले लु ६ प १८२२ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । ठक्करबाट गम्भीर घाईते भएका बर्दियाका चेतन बोहोरा र प्रदिप चौधरीको उपचारका क्रममा मृत्यु भएको हो ।

प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाईते भएका दुबै जनालाई उपचारकालागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुर पुर्याईएको थियो । उनिहरुको उपचारका क्रममा मृत्यु भएको हो ।
प्रहरीले ट्रकलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडी बढाएको जनाएको छ ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.