मुख्यमन्त्री डोरमणी पौडेलद्वारा भिमफेदी गाउँपालिकाको नवनिर्मित भवनको उदघाटन

–प्रसाद लो
मकवानपुर, ३२ साउन ।
भीमफेदी गाउँपालिकाको नवनिर्मित बयालीस कोठे प्रशासकीय भवनको बागमती प्रदेशका माननिय मुख्यमन्त्री डोरमणि पौडेलले सोमबार उद्घाटन गरेका छ्न ।
एक कार्यक्रम विच भिमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा(ब्लोन) तथा गाउँपालिकाका जनप्रतिनिधिहरुको उपस्थितिमा मुख्यमन्त्री पौडेलले भवनको उदघाटन गरेका हुन ।
गाउँपालिकाका अध्यक्ष हिदम लामा (ब्लोन)ले बौद्ध धर्म संस्कार अनुसार स्थानीय लामा गुरुहरुद्वारा पुजा पाठ गरि उदघाटन कार्य सम्पन्न गराउनु भएको हो । भिमफेदी गाउँपालिका ६ मा रहेको सो भवन बनाउन गाउँपालिकाका अध्यक्ष हिदम लामा(ब्लोन)को सक्रियता उल्लेखनीय रहेको स्थानीयले बताएका छ्न । उहाँको कार्यकालमा भिमफेदी गाउँपालिकामा विकासका कार्यहरूमा निकै तिब्रता आएको स्थानीय बुद्धिजीवीहरु बताउँछन ।
Comments are closed.