web analytics

यसरी सम्पन्न भयो नेकपा एमालेकाे पुनर्वास नगर कमिटी विस्तारित बैठक

लाल बहादुर एसके/ पुनर्वास
नेकपा एमालेकाे पुनर्वास नगर कमिटीकाे बिस्तारित बैठक साेमबार विविध महत्वपुर्ण निर्णय गर्दै सम्पन्न भएकाे छ ।

पुनर्वास उद्याेग बाणिज्य संघ पुनर्वास शाखाकाे सभाहलमा सम्पन्न बैठकले भदाै महिना भित्र पुनर्वासका एघार वटै वडामा वडा भेला सम्पन्न गर्नु पर्ने, पुराना सदस्यता नवीकरण तथा नयाँ सदस्यता बनाउन पार्टीले सबैमा आह्वान गरेकाे छ ।
नगर कमिटीले पुनर्वास नगरपालिका ९ बिचफाँटाका सक्रिय सदस्य भाने बुढालाई नगद सहित सम्मान प्रदान गरेकाे छ । नगर कमिटीकाे भेलामा नेकपा एमाले कञ्चनपुर जिल्ला अध्यक्ष वीर बहादुर थापा, पुनर्वास नगरकमिटीका अध्यक्ष पदम पुजारा, पुनर्वास नगरकमिटीका सचिव काशिराम बोहोरा, नेकपा एमाले केन्द्रीय सदस्य रामचन्द्र नेपाल, प्रदेश कमिटी सदस्य शारदा विष्ट, फैरु तामाङ, बिरबल बिक, कृष्ण तामाङ लगायत कार्यक्रममा नेता कार्यकर्ता गरि ३ सय जनाकाे उपस्थिति रहेकाे थियाे ।

माओवादी र नेपाली काँग्रेसकाे गठबन्धन सरकारले सुकुम्बासी समस्या समाधान आयाेग बिघठन गरेकाे प्रति नेकपा एमालेले बिराेध जनाएकाे छ ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.