नेकपा एमाले (समाजवादी) दर्ताको तयारी, अन्तिममा यी नेताले छाडे माधव नेपालको साथ !

भदौ २
काठमाडौं / नेकपा एमाले विभाजन भएर नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता भइसक्दा पनि माधव नेपाल पक्षकै केही नेताहरू भने अझै एमाले एकताको विकल्प नभएको भन्दै दौडधुपमा व्यस्त छन् ।
यी नेताहरू अझैसम्म केपी ओलीले माधव नेपालमाथिको कारबाही फिर्ता लिन्छन् र एमाले एक हुन्छ भन्ने आशमा छन् । बुधबार अपराह्न माधवकुमार नेपालसहितका नेताहरू नेकपा एमाले (समाजवादी) पार्टी दर्ताका लागि निर्वाचन आयोगमा पुगेका बेला मध्यमार्गी भनेर चिनिएका माधव नेपाल पक्षका केही नेताहरू बेग्लै छलफलमा जुटेका थिए ।
यसरी अन्तिम घडीमा आएर माधव नेपालको साथ छाड्नेहरूमा घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट, भीम रावल, भीम आचार्य, सुरेन्द्र पाण्डे, अमृतकुमार बोहरा, अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवाली समेत रहेका छन् ।
Comments are closed.