web analytics

तीन बर्षिया बलिकाको चितुवाको आक्रमणबाट मृत्यु !

 

भदौ ४

बर्दिया /बर्दिया जिल्लाको राजापुरमा चितुवाको आक्रमणबाट ३ बर्षिया बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा, राजापुर नगरपालिका वडा नं.१० स्थित भगतपुरमा बस्ने ३ बर्षिया बालिका कमला जैसीको चितुवाको आक्रमणबाट मृत्यु भएको राजापुर ईलाका प्रहरी कार्यालयका डिएसपी मिन बहादुर घलेले जानकारी दिएका छन ।

डिएसपी घलेका अनुसार, विहिवार साँझ करिब ७ बजेको समयमा घर नजिकै मकैबारिको छेउमा खेलिरहेको अवस्थामा चितुवाले आक्रमण गरी घाइते बनाएको हो ।

घाईते भएका बालिकालाई उपचार गर्न लैजानै क्रममा बाटोमै मृत्यु भएको र पोष्टमार्टमको लागि बर्दिया जिल्ला अस्पताल गुलरियामा राखिएको राजापुर इलाका प्रहरी कार्यालयका डिएसपी घलेले बताएका छन ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.