web analytics

जनवादी गायक जेबी टुहुरेको निधन !

 

भदौ १०

काठमाडौं/ प्रसिद्ध जनवादी गायक जेबी टुहुरेको निधन भएको छ । टुहुरेको उपचारको क्रममा आज निधन भएको हो । उनको बयोधा अस्पतालमा उपचार भैरहेको थियो ।

टुहुरेलाई मतिष्कघात भएर अस्पताल भर्ना गरिएको थियो । सरकारले टुहुरेको उपचार खर्च व्यहोर्नेसमेत निर्णय गरेको थियो । उनको ७८ बर्षको उमेरमा आज निधन भएको हो । उनी संविधान सभा सदस्य पनि हुन् ।

जनताको गीत गाउने गायकका रुपमा नेपाली समाजमा स्थापित टुहुरेले निरंकुशताबिरुद्ध जनता जगाउन सांगितिक एवम् राजनीतिक क्षेत्रमा अतुलनीय योगदान गरेका छन् । उनको आजै पशुपतिमा अन्त्येष्टि गरिने भएको छ । त्यसअघि नेकपा (माओवादी केन्द्र) को पार्टी मुख्यालय पेरिसडाँडामा श्रद्धाञ्जलीको लागि पार्थिक शरिर राखिने भएको छ ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.