web analytics

पुरानो रिसिबी साँध्न खुकुरी प्रहार, एक युवा गम्भीर घाइते !

 

भदौ १३

बाँके /ब्यक्तिगत रिसिबीका कारण कोहलपुरमा एक युवामाथी खुकुरी प्रहार भएको छ । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर नजिकै आइतबार दिउँसो १२ बजेतिर स्थानिय युवामाथी खुकुरी प्रहार भएको हो ।

पुरानो झगडालाई लिएर स्थानिय प्रदिप रानामाथी सोही स्थानका बिनय चन्दले खुकुरी प्रहार गरेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । खुकुरी प्रहारबाट उनको शरिरका विभिन्न भागमा गम्भीर चोट लागेको छ । गम्भीर घाइते रानाको कोहलपुर मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ ।

ईप्रका कोहलपुरका प्रमुख डिएस्पी रबिन्द्र खनालका अनुसार केही दिन पहिले बिनय चन्दमाथी कुटपिट भएको थियो । उक्त घटनापछि दुबै पक्षलाई बोलाएर प्रहरीले मिलापत्र गराएको थियो । तर पुरानै घटनालाई लिएर रानामाथी खुकुरी प्रहार भएको खुल्न आएको खनालले बताए ।

खनालका अनुसार खुकुरी प्रहार गरी फरार भएका ब्यक्तिको खोजी कार्य तिब्र पारीएको छ ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.