web analytics

नेपाल राष्ट्रिय समाज कल्याण संघद्वारा बाढी प्रभावित क्षेत्रमा स्थलगत अनुगमन

 

लाल बहादुर एसके
नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को टोलिले कञ्चनपुरको पुनर्वास नगरपालिका र लालझाडी गाउँपालिका क्षेत्रमा भदौ १० गते आएको बाढीले पुर्‍याएको क्षतिको अवस्था बुझ्न स्थलगत अनुगमन गरेको छ । बाढीले दर्जनौं घर डुबानमा परेको छ ।

एनएनएसडब्लुएको आर्थिक लगानीमा सञ्चालित माछा पालन कृषक समूहको वास्तविक क्षति विवरण बुझ्नका लागि नेपाल राष्ट्रिय समाज कल्याण संघका कायर्कारी निर्देशक अशाेक बिक्रम जैरु सहितकाे टाेलीले स्थलगत अनुगमन गरेको हो । टोलिले पुनर्वास वडा नम्बर ५ सिमरीका बाढीपीडित र लालझडी गाउँपालिका वडाहरूमा अनुगमन गरेको छ ।


बाढीले क्षति पुर्‍याएको लालझाडी गाँउपालिकाका विभिन्न गाउँहरु जाई, पर्सिया, ढुङ्गा, नन्दगाँउ, बल्मी, कसुवा, कञ्जका देखि पनर्वास नगरपालिकाको वडा नं. ५ सिमरी गाउँका कैयौं घरहरुको विवरण संकलन गरिएको नेपाल राष्ट्रिय समाज कल्याण संघका कायर्कारी निर्देशक अशाेक बिक्रम जैरुले जानकारी गराउनुभयो ।

बर्षायाममा हरेक केहि बर्षको अन्तरालमा बाढी आउने यस क्षेत्रका जनताले दु:ख पाइरहेका छन । यस बाढी प्रभावित क्षेत्रलाई कसरी व्यवस्थापन गर्ने, कसरी धनजनको क्षति न्युनिकरण गर्ने भन्ने बारेमा छलफल गर्न आवश्यक रहेको एनएनएसडब्लुए लालझाडी बेलौरी फिल्ड कोर्डिनेटर रोशन चौधरीले बताए ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.