पुनर्वासको नेपाल सिर्जनशील विकास तथा संरक्षण समाजको पहलमा स्वास्थ्य सामाग्री ल्याईयो

कञ्चनपुर, १५ भदौ ।
पुनर्वासको नेपाल सिर्जनशील विकास तथा संरक्षण समाजको पहलमा स्वास्थ्य सामाग्री ल्याईएको छ ।
संस्थाले तेस्रो लहरको कोभिड महामारी विरुद्ध लडन सो स्वास्थ्य सामाग्री ल्याएको हो । स्वास्थ्य मन्त्रालयबाट ल्याईएको सो सामाग्री असी लाख बराबरको रहेको छ ।
मङ्गलबार ल्याएका सामाग्रीहरुमा अक्सिजन सिलिन्डर, अक्सिजन कन्सनट्रेटर, एन्टिजेन टेष्ट किट, सर्जिकल माक्स,सेनिटाईजर,
थर्मल गन,फल्स अकसिमिटर ,लुज ग्लोब, डिजिटल थर्मामिटर रहेका छ्न ।
कञ्चनपुरको दक्षिणी क्षेत्रमा समाजसेवामा सक्रिय सो संस्थाले कोभिड महामारी विरुद्ध लडन विगतमा पनि स्वास्थ्य सामाग्री ल्याएर विभिन्न स्वास्थ्य संस्थालाई वितरण गरेको थियोे ।
यो पटक स्वास्थ्य सामाग्री ल्याउनको लागि संस्थाका सचीव मिरा चन्द, सुकमाया मुक्तान,किरण चन्द र दिनेश शर्माको विशेष पहलमा ल्याउन सफल भएको र कञ्चनपुर क्षेत्रनम्बर १ का विभिन्न स्वास्थ्य संस्थालाई उक्त सामाग्री वितरण गरीने संस्थाका अध्यक्ष धनमाया गुरुङले समाचार विशेषलाई बताइन ।
Comments are closed.