web analytics

कञ्चनपुरका गायक निर्मल लामाको गीत “यो माया हो”को म्युजिक भिडियो छायांकन सम्पन्न

काठमाडौ/कञ्चनपुरका गायक निर्मल लामाको गीत “यो माया हो”को म्युजिक भिडियो छायांकन कार्य सम्पन्न भएको छ । विगत दुई दशकदेखि भारतमा बसेर संगीत अध्ययन र सांगीतिक गतिविधि गर्दै आईरहेका निर्मल लामाको नेपालका लागि पहिलो प्रस्तुति हो । कञ्चनपुर पुनर्वास २ दशरथ बस्ती स्थायी घर भएका लामा सानैदेखि संगीत प्रती रुचि राख्थे । विद्यालय पढदा विद्यालयमा हुने कार्यक्रम र पुनर्वास क्षेत्रमा हुने सांगीतिक कार्यक्रमहरुमा उनको सहभागीता रहने गर्दथ्यो । यहि रुचिले उनलाई संगीत सिक्न भारत पुर्‍यायो । उनले त्यहाँ मजदुरी गरेर संगित सिके । भारतमा रहदा साना ठूला थुप्रै सांगीतिक प्रतियोगितामा विजेता भैसकेका लामा नेपालमै केही गर्नुपर्छ भन्ने भावनाले डोरिएर विगत दुई वर्षदेखि काठमाडौमा स्ट्रगल गरिरहेका छ्न । तिनै गायक निर्मल लामाले “यो माया हो”बोलको गीत रेकर्डिङ गराए । गीतमा उनलाई मेलिना राईले साथ दिएकी छिन । गीतको शब्द र संगित एडिबी लामाको रहेको छ ।
सोही गितको म्युजिक भिडियोमा हाल निकै चर्चामा रहेका नायक पल शाह र टिकटकबाट चर्चामा रहेका जुम्ल्याहा दिदिबहिनी प्रीज्मा र प्रीन्सीले अभिनय गरेका छन । म्युजिक भिडियोलाई टेकेन्द्र शाहले निर्देशन गरेका हुन । त्यसैगरी राम कुमार केसीको छायांकन र दिपक एम. सिंहको कोरियोग्राफी रहेको छ ।
म्युजिक भिडियो अर्को हप्ता “लाईम लाईट ” नामक युटुब च्यानलबाट सार्वजनिक गरीने गायक निर्मल लामाले समाचार विशेषलाई बताए ।
गायक निर्मल लामा आफ्नो नयाँ प्रोजेक्ट प्रती निकै आशावादी छ्न । र यसले आफ्नो सांगीतिक करियरमा नयाँ गति दिने कुरामा ढुक्क छन ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.