web analytics

काठमाडौँमा लकडाउन खुकुलो,सिनेमा हल भोलिदेखि खुल्ने

काठमाडौँ । काठमाडौमा लकडाउन थप खुकुलो बनाईएको छ । लकडाउन खुकुलो भएसंगै लामो समयदेखि बन्द रहेको सिनेमा हल खुल्ला गरिने भएको छ । काठमाडौँ उपत्यकाका तीनवटै जिल्ला (काठमाडौँ‚ भक्तपुर‚ ललितपुर)का प्रमुख जिल्ला अधिकारी (प्रजिअ)हरूको बुधबार बसेको बैठकले उपत्यकाका सिनेमा हल खोल्न दिने निर्णय गरेको हो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले लकडाउनलाई खुकुलो बनाउने निर्णय गरेको जानकारी दिए ।
पराजुलीले स्वास्थ्य मापदण्डहरू पालना गरेर विभिन्न क्रियाकलाप सञ्चालन गर्न सकिने भन्ने मोडालिटीमा गएको बताए ।
‘निषेध भन्ने शब्दलाई हटाएर हामीले आदेश जारी गरेका छौँ । स्वास्थ्य मापदण्डहरू पालना गरेर क्रियाकपलाप सञ्चालन गर्न सक्ने भन्ने मोडालिटीमा गयौँ,’ उनले भने ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.