मोडल तथा गायिका माधवी जिएमको धनगढीको बजारमा सिरफुल हराएपछी

काठमाडौ । मोडल तथा गायिका माधवी जिएमको नयाँ तिज गीत “सिरफुल हरायो धनगढीको बजारमा” हालै सार्वजनिक भएको छ । तिजको अवसर पारेर ल्याइएको सो गितमा माधवी जिएमको शब्द, संगीत तथा स्वर रहेको भने गायक प्रेम बोहराले साथ दिएका छ्न ।
गायन,मोडलिङ्ग तथा कार्यक्रम सञ्चालनका क्षेत्रमा सक्रिय माधवी जिएम पछिल्लो समय तिज गीत मार्फत सामाजिक रुपान्तरणका लागि लागिरहेकी छिन । हाल तिज गितमा देखिएको विकृति र विसंगति विरुद्ध शुद्ध अर्गानिक तिज गीत गाएर परम्परा जोगाउन प्रयासरत छिन उनी । यसै प्रयास स्वरूप यो गीतको सिर्जना भएको मोडल तथा गायिका जिएमले समाचार विशेषसंगको भेटमा बताईन ।
गीतको म्युजिक भिडियो सुदुरपश्चिमका पर्यटकीय स्थलहरुमा छायांकन गरिएको छ । भिडियोमा प्रेम,विशाल,अनु,सविता लगायत गायिका जिएमलाई पनि देख्न सकिन्छ । भिडियोलाई सुदुरपश्चिमका हालका जल्दाबल्दा निर्देशक अनुप चन्द ठकुरीले निर्देशन तथा सम्पादन गरेका हुन भने प्रकाश जोशीको छायांकन गरेका हुन । बिन्दवासिनी म्युजिक नामक युटुब च्यानलबाट सो तिज गीतको म्युजिक भिडियो हेर्न सकिन्छ ।
हेर्नुस भिडियो …
Comments are closed.