web analytics

पत्रकार रञ्जित लामा मोटरसाईकल दुर्घटनामा परी घाईते

कञ्चनपुर, २५ भाद्र ।
पुनर्वासका पत्रकार रञ्जित लामा मोटरसाइकल दुर्घटनामा परी घाइते भएका छ्न । विहिवार राती ९.४५ बजेतिर आफ्नो निवासबाट सिमरीतिर जाँदै गर्दा भुटनदेवी मन्दिर नजिकै दुर्घटनामा परेका हुन ।
बाटोमा एक्कासी कुकुरले बाटो काट्न खोज्दा उनले चलाएको से.७ प. २२९४ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ पल्टिदा पत्रकार  लामाको खुट्टा र हातमा गहिरो चोट लागेको छ ।
प्रारम्भिक उपचार आईबिआरडी स्थित पुनर्वास पोलिक्लिनिकमा गरीएपछि राती नै धनगढी रिफर गरीएको छ ।
पत्रकार लामा धनगढीबाट प्रकाशन हुँदै आएको हेल्लो पुनर्वास दैनिक पत्रीकाका प्रधान सम्पादक हुन ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.