के तारालामा तामाङ मन्त्री बन्दैछन ??
एमालेबाट टुक्रिएर बनेको नेकपा(एस)का सबैको नजर मन्त्री पदमा !
कञ्चनपुर । एमालेबाट टुक्रिएर बनेको नेकपा(एस) सुदुरपश्चिमको संसदीय दलमा सबभन्दा ठुलो दल बनेको छ । तत्कालीन नेकपा हुँदा देखिको मुख्यमन्त्री त्रिलोचन भट्टको सरकार नेकपा टुक्रदा पनि ढलेन, एमाले टुक्रदा पनि ढलेन । त्यसका लागि एमालेको तत्कालीन माधव कुमार नेपाल पक्षको सरकारलाई साथ थियो । एमालेको ह्विप उल्लंघन गर्दै भट्ट नेतृत्वको सरकारलाई जोगाएका नेताहरु अहिले मन्त्री बन्न तछाडमछाड गरिरहेका छन । त्यसैमा कञ्चनपुरको क्षेत्र नम्बर १(क) बाट निर्वाचित बनेका तारालामा तामाङ समेत मन्त्रीको दौडमा छन ।
एमाले फुट्दा २०७५ जेठ २ मा फर्कने सम्झौता कार्यान्वयन भएर आफ्नो जिल्ला अध्यक्ष पद फिर्ता पाएमा एमालेमै बस्ने संकेत गर्दै आएका तामाङ अन्ततः नेकपा (एस)मा खुले । नेकपा (एस)ले मन्त्री पद दिने प्रलोभन देखाएर अन्तिम समयमा आफुतर्फ तानेको भन्ने चर्चा समेत चल्ने गरेको छ ।

तत्कालीन अवस्थामा माधव कुमार नेपाल तर्फ लागेका तर पछी एमालेमै रहने निर्णयमा पुगेका दुईजना मन्त्रीले राजिनामा दिने भएपछि नेकपा (एस)को भागमा रहेको सो मन्त्री पद खोसाखोस हुने जस्तै देखिएको छ ।
सुदूरपश्चिम प्रदेश सभाको सबैभन्दा ठूलो दल नेकपा (एमाले) विभाजन पछि सरकारमा सहभागी एमालेका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश शाह र राज्यमन्त्री अर्चना गहतराजले मंगलवार राजीनामा दिएका थिए । उनीहरुको राजीनामा पछि ती मन्त्रालय अहिले मुख्यमन्त्री त्रिलोचन भट्टले आफू मातहत राखेका छन्।
मन्त्रीको लागि सांसदहरु तारालामा तामाङ्ग, प्रकाश रावल, अमर बहादुर साउँद, कुलवीर चौधरी, माया भट्ट, दुर्गा कामी, माया तामाङ्ग बोहरा, बलबहादुर सोडारी र सुशिला बुढाथोकीले लबिङ्ग गरिरहेका छन्।
आर्थिक मामिला तथा योजना मन्त्रालयका लागि तारालामा तामाङ बलिया दाबेदार हुन । उनीपछी प्रकाश रावल छन । उनी यस अघि मन्त्री बनी सकेका व्यक्ति हुन । कञ्चनपुर क्षेत्र नम्बर ३ (क) बाट विजयी रावल ठगी मुद्दामा मुछिएर विवादमा आए पछि मन्त्री पदबाट राजीनामा दिएका थिए ।
अहिले सुदूरपश्चिम सरकारमा मुख्यमन्त्री सहित ९ मन्त्री छन् । एकीकृत समाजवादीकी पूर्णा जोशीले आन्तरिक मामिला तथा कानून मन्त्रालय, लाल बहादुर खड्काले सामाजिक विकास मन्त्रालय, दीर्घ सोडारीले भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
यस्तै एकीकृत समाजवादीका दुई जना राज्यमन्त्री (मना कुमारी साउँद र चुनु कुमारी चौधरी) पनि प्रदेश सरकारमा छन्। उता माओवादी केन्द्रकी विनिता देवी चौधरी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, राज्यमन्त्री मान बहादुर सुनार र मान बहादुर धामीले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय पाएका छन् ।




Comments are closed.