माधवहरुले खोलेको पार्टीले मान्यता पाउनै सक्दैन : ओली !
असोज ६
बर्दिया/ एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी नफुटेको भएर दुई चारजना नेता कार्यकर्ता मात्रै बाहिरिएको बताउनु भएको छ । एमाले जिल्ला कमिटी बर्दियाद्वारा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले केही कुहिएर झरेका पात भएको र केही बाहिरिएको मात्रै भएको कारण एमाले बिभाजन नभएको बताउनु भएको हो ।
पार्टी फुटेको होइन,केही कुहिएर झरेका पात भएको र केही बाहिरिएका मात्रै हुन् । ‘अदालतले फैसला गर्यो भने यिनीहरुको पार्टी (नेकपा एस) ले मान्यता पाउनै सक्दैन,’ ओलीले भन्नुभयो, ‘पार्टीले निकालेको छैन भन्दै पार्टी दर्ता गर्न मिल्छ ?
यो ज्यादती हो, हामीले अदालतमा मुद्दा दर्ता गरेका छौं ।’ अध्यक्ष ओलीले माधवकुमार नेपालको साथमा दुई चारजना कार्यकर्ता मात्रै भएको ठोकुवा पनि गर्नुभयो ।
अध्यक्ष ओलीले माओवादी केन्द्रले गएको निर्वाचनमा ५ वटा सिट ल्याउने अवस्था नहुँदा पनि आफूहरुले ३६ सिट जिताएको बताउनु भयो । ‘जुन हातमा दूध र भात दियौं, त्यहीँ हातले प्रचण्डले टोकी दिएका छन,’ ओलीले भन्नुभयो । ओलीले पुष्पकमल दाहालको पछि लागेर माधवले विनाशको बाटो बाहेक केही नहिडेको बताउनु भयो ।




Comments are closed.