web analytics

बेलडाँडीका जनकराज भट्ट सुतेकाे अवस्थामा मृत फेला   

कञ्चनपुर/बेलडाँडीका तेईस बर्षिय युवा जनकराज भट्ट सुतेकाे अवस्थामा मृत फेला मृत फेला परेका छ्न ।

बेलडाँडी वडानम्बर- १ घर भएका मृतक भट्ट एक हप्ता अघि मात्र रोजगारीबाट फर्केका थिए ।

असोज २२ गते खाना खाएर सामान्य अवस्थामा सुतेका मृतक भट्ट २३ गते बिहान मृत अवस्थामा भेटिएको परिवारका सदस्यहरुले बताएका छ्न ।

अबेरसम्म नउठेपछि परिवारका सदस्यहरुले बेलडाँडी प्रहरीलाई फाेन गरेका थिए ।

प्रहरी टाेलि घटनास्थल पुगि हेर्दा जनककाे मृत्यु भईसकेकाे अवस्थामा फेला परेकाे ईलाका प्रहरी कार्यालय बेलडाँडीले जनाएकाे छ ।

शव पाेष्टमार्टमका लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर पठाईएकाे ई.प्र.का. बेलडाँडीका प्रहरी नायव निरीक्षक टेकसिह कार्कीले बताएका छन ।

 

 

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.