web analytics

महाकालीको झोलुङ्गे पुलमा शव फेला, हत्या आशंकामा एकजना पक्राउ

कञ्चनपुर/महाकालीको झोलुङ्गे पुल नजिकै एक युवकको शव फेला परेको छ । भीमदत्त नगरपालिका–१२ ऐरीका २२ वर्षीय सुनिल विष्ट मृत फेला परेका हुन्।  उनी २ दिनअघि बुधबार साँझ भाइरल रोड नजिकै महाकाली नदीमा नुहाउने क्रममा बेपत्ता भएका थिए। बेपत्ता भएपछि प्रहरीको टोलीले उनको खोजी कार्य गरेको थियो।
मृतक आफन्तका अनुसार छिमेकी प्रेम भट्टले बेलुका ५ बजेतिर महाकालीमा नुहाउन जान भन्दै बोलाएको खुलेको छ। प्रहरीले भट्टलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.