ओलीकाे राजनीतिक पत्ता साफ गरेर छाड्छु :पुुष्पकमल दाहाल प्रचण्ड !
असोज २३
सुरेश यादव
नवलपरासी /पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिकाको मुख्य प्रशासकीय भवनको समुदघाटन समारोह कार्यक्रम सम्पन्न भएको छ । पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ता ( दिपक )काे अध्यक्षता तथा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष एवम् पुर्व प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डलकाे प्रमुख अतिथतामा पाल्हिनन्दन गाउँपालिकाको मुख्य प्रशासकीय भवनको उद्घघाटन भएकाे हाे ।
गणतन्त्रकाे नायक एवम् पुर्व प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डले केपि ओलीलाई बालुवाटारबाट बाल्कोट सम्म पुराईदिएकाे बताउदै नेपालको राजनीतिकबाट पनि ओलीको पत्ता साफ गरिदिने चेतावनी दिनुभएकाे थियाे । साथै उद्घघाटन कार्यक्रमको सम्बोधन गर्दै पुर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले तराई मधेसी जनताकाे नागरिकताकाे समस्या १ हप्ता भित्र नै समाधान हुनेछ, सुकुम्बासीकाे समस्या तथा किसानहरुले बाढीबाट वर्षेनी खेप्नुपरेकाे समस्यालाई छिटोभन्दा छिटो समाधान गर्ने बताउनुभयाे ।
गाउँपालिकाको मुख्य प्रशासकीय भवन उद्घघाटनकाे लागी पाल्हीनन्दन आएका नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पुर्व प्रधानमन्त्री प्रचण्डले पाल्हिनन्दन गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ता (दिपक)को निजि निवासमा पत्रकार भेटघाट कार्यक्रममा पत्रकारहरुलाई भेट्दै गठवन्धनको सरकारले सवै काम पूर्ण गरेर मात्र चुुनाव गराउने भन्दै उनले जनअपेक्षित कामहरुलाई प्राथमिकता दिने जानकारी दिनुभयाे । साथै सरकारले पूर्णता पाएको भन्दै सबै शंका आशंका निवारण भएको बताउनुभएको थियो । उहाँले अहिलेकाे गठवन्धन सरकार मिलेर चुुनावमा जाने बताउनु भयाे ।
र आफु तराई मधेसी जनताको हकअधिकार सुनिश्चित नभए सम्म मधेसी जनताको लागि कार्य गरिरहने बताउनु भएकाे थियाे ।




Comments are closed.