web analytics

गरिमा शर्मा र पुष्प खडकालाई निर्देशक जि.बि आग्रीले छ्म छ्म नचाएपछी

काठमाडौ/कृषि प्रधान देश नेपालमा अहिले धान काटने समय हो । वर्षभरी खाने कुराको जोहो गर्न किसानलाई भ्याई नभ्याई छ । यहि अवसर पारेर निर्देशक जि.बि आग्रीले “धान है काटने” बोलको गीतमा चर्चित नायक नायिका पुष्प खड्का र गरिमा शर्मालाई छमछम नचाएका छ्न। नेपाली फिल्म ईण्डस्ट्रीका महानायक राजेश हमालदेखी वर्तमानका पुष्प खडका संग समेत काम गरीसकेका निर्देशक आग्री सफल निर्देशक मानिन्छन् ।
सिपी परियार र रचना रिमालको सुमधुर आवाज रहेको सो गीतको शब्द र संगित सिपी परियारको रहेको छ ।
भिडियोलाई नवराज उप्रेतीले खिचेका हुन भने सम्पादन र कलरिङ्ग शिलन लम्सालले गरेका हुन । भिडियो chhapendra pariyar नामक युटुब च्यानलबाट हेर्न सकिन्छ । हेर्नुस् भिडियो…

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.