प्रधानन्यायाधीशले बोलाए सर्वोच्च अदालतको पूर्ण बैठक
काठमाडौं/पाँच दलीय गठबन्धनको सरकार बनेपछि विवादमा तानिएका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सोमबार सर्वोच्च अदालतको पूर्ण बैठक बोलाएका छन् ।
प्रधानन्यायाधीश जबराले नेपाल बार एशोसिएसनका पदाधिकारीसँगको सहमतिमा फुलकोर्ट बोलाएका हुन् । फुलकोर्ट बैठकमा असन्तुष्ट १४ न्यायाधीश उपस्थित नहुने बताइएको छ ।
प्रधानन्यायाधीश जबरामाथि मन्त्रिपरिषद्मा भागवण्डा लिएको, पेसी प्रणाली परिवर्तन अस्वीकार गरेको आरोप लागेको छ । न्यायाधीशहरूबीचको बैठक आज बिहान ११ बजे फेरि बस्दैछ।



Comments are closed.