web analytics

पुनर्वासका नगरप्रमुख थापा बने नेकपा एकीकृत समाजवादीका कञ्चनपुर अध्यक्ष

कञ्चनपुर/१२ कार्तिक ।
पुनर्वास नगरपालीकाका नगरप्रमुख जीवनराज थापा नेकपा एकीकृत समाजवादीका कञ्चनपुर अध्यक्ष चयन भएका छ्न ।
नेकपा एकीकृत समाजवादीको महेन्द्रनगरमा सम्पन्न भएको जिल्ला विस्तारित बैठकले थापाको नेतृत्वमा १ सय ५५ जिल्ला कार्य समिति चयन गरेको हो । उपाध्यक्षमा रविन्द्र कुँवर, महिला उपाध्यक्ष पूर्ण गुरुङ्ग, सचिव हरक सिह धामी, उपसचिव राजेन्द्र पाण्डेय, लाल बहादुर शाही, आरपी सार्की रहेका छन । समाजवादीको नयाँ कार्य समितिलाई पार्टी अध्यक्ष माधव कुमार नेपालले सपथ ग्रहण गराएका थिए । नेकपा एमालेमा रहँदा जिल्ला उपाध्यक्षको हैसियतमा रहेका थापा पार्टी फुटेर एकीकृत समाजवादी बनेपछि जिल्ला अध्यक्षको हैसियतमा पुगेका हुन ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.