web analytics

वात्सल्य विद्या निकेतनका रमित भए नेपालकै कान्छो राईडर

कञ्चनपुर/बेलौरीको वात्सल्य विद्या निकेतनका रमित भट्ट नेपालकै कान्छो राईडर बनेका छ्न । वात्सल्य विद्या निकेतनमा ६ कक्षामा अध्ययनरत भट्टले करिब १ हजार २४ किलोमिटर मेचीदेखि महाकालीसम्मको साइकल यात्रा ११ दिनमा पुरा गर्दै नेपाल कै सबैभन्दा कान्छो राइडर बनेर कीर्तिमान कायम गरेका हुन् ।
रमित बेलौरी-६ भुराकोट निवासी दीपक भट्टका छोरा हुन । उनी अहिले ११ वर्षका भए ।
रमित वात्सल्य विद्या निकेतनका साइकल क्लबका अध्यक्ष पनि हुन र वात्सल्यका साइकल क्लबका विद्यार्थीहरुले ८ कि मि साइकल राइड गरेर स्कुलमा स्वागत गरेका थिए ।
‘मोटरसाइकल होइन, साइकल चलाऔँ, कुलतबाट बचौँ र स्वस्थ रहौँ’ भन्ने नाराका साथ भट्टले यहि मङ्सिर ४ गते देखि पुर्व –पश्चिम साइकल यात्रा सुरु गरेका थिए । उनलाई साइकल यात्रामा मार्गदर्शन गर्न उनका बुवा दीपक भट्टले पनि सँगै साइकल यात्रा गरेका थिए । साथमा साइकले विवेक लामाले हेटौंडादेखि महाकाली पुलसम्म साथ दिएका थिए । भट्टसंगै बेलौरी आईपुगेका लामालाई पनि गत बिहिवार स्वागत र सम्मान गरिएको थियो ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.