web analytics

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन पुनर्वासको अध्यक्षमा चन्द्रबहादुर थापा सर्वसम्मत

कञ्चनपुर/नेपाल राष्ट्रिय शिक्षक सङ्गठन पुनर्वासको तेस्रो अधिवेशनले चन्द्रबहादुर थापालाई अध्यक्षमा चयन गरेको छ । शुक्रबार पुनर्वास ६ स्थित होटल सम्राटमा सम्पन्न अधिवेशनले थापाको अध्यक्षतामा नेपाल राष्ट्रिय शिक्षक संगठन पुनर्वासको नयाँ नगर कमिटी गठन गरेको हो । त्यसैगरी महिला उपाध्यक्षमा मिना पण्डित, खुल्ला उपाध्यक्षमा लाल प्रसाद घिमिरे, सचिवमा भीमलाल तामाङ, कोषाध्यक्षमा दीर्घराज घिमिरे, सहसचिवमा होमा सुवेदी, सह कोषाध्यक्षमा दिलमाया बि.क. चयन हुनु भएको छ ।
त्यस्तै सदस्यहरूमा वडा नम्बर १ बाट भक्त बहादुर बोहरा, वडानम्बर २ बाट नवराज सिंह, वडानम्बर ३ बाट शम्शेर तामाङ, वडानम्बर ४ बाट धनवीर तामाङ, वडानम्बर ५ बाट रोमबहादुर शाही, वडानम्बर ६ बाट रत्न बहादुर वि.क., वडा नम्बर ८ बाट नेत्र प्रसाद उपाध्याय, वडानम्बर ९ बाट सूर्य प्रसाद पौडेल, खुल्ला महिलाबाट सपना पूजारा, संस्थागत विद्यालयबाट लीला नेपाललाई सर्वसम्मत चयन गरिएको छ । सोही अधिवेशनबाट लालबहादुर शाही, केदारबहादुर भण्डारी, दुर्गा नेपाल, मायादेवी पौडेल,  धनबहादुर रोकाया र अजय शर्मा प्रदेश प्रतिनिधिमा छनौट हुनु भएको छ ।
नेपाल राष्ट्रिय शिक्षक संगठन पुनर्वास नगर कमिटीका अध्यक्ष लाल बहादुर शाहीको अध्यक्षता,नेपाल राष्ट्रिय शिक्षक संगठन कञ्चनपुर जिल्ला उपाध्यक्ष वेद प्रसाद उपाध्यायको प्रमुख आथित्यमा सो अधिवेशन सम्पन्न भएको थियो ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.