फुलाराम चौधरी माओवादी केन्द्र लालझाडीको अध्यक्षमा चयन
कञ्चनपुर/ नेकपा माओवादी केन्द्र लालझाडीको अध्यक्षमा फुलाराम चौधरी चयन भएका छन । शुक्रबार लालझाडीको प्रथम गाउँपालिका अधिवेशनबाट चौधरीको अध्यक्षतामा ४९ सदस्यीय गाउँ कमिटी बिस्तार गरिएको छ ।
त्यसैगरी उपाध्यक्षमा गर्भु राना, टिकाराम चौधरी, दिलिप सिंह धामी, सचिवमा विर बहादुर चौधरी, सह–सचिवमा बहादुर राना र कोषाध्यक्षमा गोपाल सिंह महरा चयन भएका छन् । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं पूर्व खानेपानी मन्त्री बिना मगरले सम्मेलनको उद्धघाटन गरेकी थिइन् ।
प्रमुख अतिथी रहेकी पूर्व मन्त्री मगरले नवनिर्वाचित कमिटीलाई बधाई दिँदै जनपक्षीय काममा खट्न निर्देश दिनुभयो । साथै नवनिर्वाचित कमिटीलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएकी थिइन् ।
कार्यक्रममा माओवादी केन्द्रका नेता देवीलाल चौधरी, माओवादी केन्द्रका नेता तथा लालझाडी गाउँपालिका अध्यक्ष मदन सेन बडायक, गाउँपालिकाका उपाध्यक्ष सत्यदेवी महरा, जगदिश सेट्टी, दिपक तिमिल्सेना, माओवादी केन्द्र लालझाडी गाउँपालिका सह–इन्चार्ज भक्ता राना, वाइसीएल इन्चार्ज अर्जुन साउँद लगायतको उपस्थिति रहेको थियो । नेकपा माअेवादी केन्द्रका नेता विर बहादुर चौधरीले कार्यक्रमको संचालन गरेका थिए ।
प्रथम गाउँपालिका अधिवेशनमा विभिन्न दल त्याग गरेर माओवादी केन्द्रमा प्रवेश पनि गरेका छ्न् ।




Comments are closed.