web analytics

बोधिसत्वा विहारको आयोजनामा निशुल्क स्वास्थ्य शिविर आयोजना

कैलाली/२५ मङ्सिर ।
बोधिसत्वा विहार काठमाडौको आयोजना तथा नेपाल परिवार दल कैलालीको पहलमा शुक्रबार धनगढीमा निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको थियोे ।
धनगढी उपमहानगरपालिका वडानम्बर १३ श्रीलङकामा ४० वर्ष देखि ९० वर्ष सम्मका १५० जना सर्वसाधारणलाई निशुल्क स्वास्थ्य परिक्षण गरिएको हो । स्वास्थ्य सिविरमा विरामीहरुलाई निशुल्क औषधि समेत वितरण गरिएको थियो । त्यस अवसरमा काठमाडौबाट वोधिसत्वा विहारका राष्ट्रिय संयोजक डा. रतन महर्जन, परिवार दलका सुदुरपश्चिम संयोजक खडक नागरी, परिवार दलका कैलाली जिल्ला अध्यक्ष विशाल चाैधरी, पार्टीकि नेतृ प्रदेश सदस्य सीता पाठक,शान्ति बलका केन्द्रीय सदस्य तोङ- इल-मोदा संघ केन्द्रीय अध्यक्ष तेज बहादुर सिह, धनगढी १३ का भल्मन्सा सुन्दरलाल चाैधरी लगायतका व्यक्तित्वहरुको उपस्थिति थियो । डा . रुपेशकान्त मिश्राको टिमले स्वास्थ्य सिविरमा विरामीहरुको स्वास्थ्य परिक्षण गरेका थिए ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.