यौन क्रिया गरेर पनि रहन सकिन्छ फिट
सक्रिय यौन क्रियाबाट व्यायाममा जस्तै लाभ मिल्छ भनिन्छ। त्यसो त यसले शारीरिक रुपमा मात्र होइन, मानसिक एवं भावनात्मक रुपमा पनि फाइदा गर्छ।
यौन क्रियाका क्रममा मान्छेहरु चिन्तामुक्त हुन्छन्। उनीहरुको शरीरमा यस्तो रसायन स्राव हुन्छ, जसले आपसमा प्रेम बढाउँछ । सक्रिय यौनबाट शरीरको समूचित व्यायाम पनि हुन्छ। यौन क्रिया र क्यालोरीको गणित यो अंक गणितलाई विस्तारमा बुझ्नु अनिवार्य छ । हाम्रो शरीरको कुनै पनि साना-ठूला गतिविधिहरुका लागि उर्जाको आवश्यकता पर्दछ ।
उर्जाको त्यस्तो खपत मापनको लागि इमईटी (मेटाबोलिक इक्यूभ्यालेन्ट अफ टास्क) को उपयोग गरिन्छ । एउटा एमईटी हाम्रो शरीरको कुल तौलको प्रति किलोग्राम ३ दशमलव ५ मिलीलीटर अक्सिजन बराबर हुन्छ । वैज्ञानिक अध्ययन अनुसार एउटा एमईटी उर्जाको खपत बराबरको शारीरिक गतिविधिमा हाम्रो शरीरको औसत एक किलोग्राम तौलमा १० दशमलव ९ क्यालोरी खपत हुन्छ ।
कस्तो प्रकारको यौन क्रियाकलापले घट्छ तौल ? यौन सम्पर्कको क्रममा हाम्रो शरीरको गतिविधि एमईटीको कुन स्तरसम्म पुग्न सक्छ भन्ने कुरा महत्वपुर्ण हुन्छ । यौन विशेषज्ञहरुका अनुसार निष्क्रिय रहनु, यसको लागि हल्का प्रयास गर्नु, चुम्बन र आलिंगन जस्ता गतिविधिहरुमा १ दशमलव ३ एमईटीसम्म पुग्न सकिन्छ । सामान्य यौन अथवा मध्यम प्रयास गर्ने स्थितिमा १ दशमलव ८ एमईटीसम्म पुग्न सकिन्छ ।
यौनमा सक्रिय अथवा चरमोत्सर्षको स्थितिमा २ दशमलव ८ एमईटीसम्म पुग्न सकिन्छ । यस हिसाबले यदि तौल ८० देखि ८१ किलो बराबर छ भने एक ठाउँमा बसिरहनाले पनि प्रति घण्टा तपाईंको लगभग ७५ देखि ८० क्यालोरी खपत हुन्छ। जब तपाईं हिँड्न शुरु गर्नु हुन्छ, तपाईंको गतिविधिको स्तर बढ्न थाल्छ।
त्यहि अनुपातमा तपाईंको एमईटी भ्यालु पनि बढ्छ । यदि तपाईंको गतिविधि दुई एमईटी बराबर छ भने १ सय ६० क्यालोरी प्रति घण्टा खपत गर्नु हुन्छ । यस प्रकारले १० एमईटीको अर्थ तपाईंले एक घण्टामा ८०० क्यालोरी खपत गर्नु हुन्छ । क्यालोरीको यस्तो हिसाब–किताबलाई ध्यानमा राख्दै यौन क्रियाकलापले तौल घटाउन सहयोग गर्छ भन्ने प्रमाणित भएको हो ।
क्यालोरी खपतका लागि कस्तो पोजिसन ? यौन क्रियाको सही पोजिसनको छनोट गर्नु पर्छ, जसमा धेरै भन्दा धेरै क्यालोरी खपत हुन्छ । यस बाहेक यौन भनेको तन संग–संगै मनसँग पनि जोडिएको हुन्छ । नियमित र सन्तुलित यौनले हाम्रो शरीरमा धेरै किसिमको हार्मोनहरु सन्तुलन रहन्छन्, जुन वजनलाई नियन्त्रित गर्नको लागि सक्षम हुन्छन् । प्रायः यौन सम्बन्धपछि गहिरो निद्रा लाग्छ। यसले शरीरमा लेप्टिन, एडिपोकाइन नामक हार्मोनको सम्वेदनशीलता बढ्छ ।
यो हार्मोनले कम खाने र अधिक क्यालोरी खपत गर्नको लागि प्रेरित गर्छ। यौन सम्बन्धले एडिपोनेक्टिन र एस्ट्रोजेन हार्मोनको मात्रा पनि सन्तुलित हुन्छ । यी हार्मोनको मात्रा पनि सुन्तुलित हुन्छ ।
यी हार्मोनहरुको असन्तुलित मात्रा वजन बढाउनको लागि जिम्मेदार बन्छ। डाक्टरहरुको भनाई अनुसार यौन सम्पर्क गर्दा काँध, कम्मर, तिर्घाको धेरै प्रयोग हुन्छ । यो एक प्रकारको कार्डियो एक्सरसाइज जस्तै हुन्छ।
यसमा घुँडा पछाडिको नसा, पाखुराको मांंसपेशीहरुमा बोसो जम्मा हुन पाउँदैन। जसले एक प्रकारको वजन नियन्त्रित राख्छ । त्यसैले आफ्नो सुविधा र सहजता अनुसार नै यौन सम्बन्ध राख्ने पोजिसनको छनौट गर्नु पर्छ।



Comments are closed.